नेपाली कांग्रेस उदयपुरद्वारा सय दिने विशेष अभियानको समापन

Logo
बुधबार, पुष १७, २०८१

उदयपुर – नेपाली कांग्रेस उदयपुरले विशुद्ध पार्टीको सांगठनिक सुदृढीकरणका लागि संचालन गरिएको सय दिने विशेष अभियानको भव्य रुपमा समापन गरेको छ। ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति अवलम्बन गर्दै स्वदेश फर्किएको ऐतिहासिक दिनको सम्झनामा नेपाली कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्राकृतिक स्रोत विभागका संयोजक तारामान गुरुङले कांग्रेसलाई अझ सुदृढ बनाउन उदयपुर कांग्रेसले बृहत्तर दृष्टिकोण अपनाउनु पर्ने आवश्यकता औंल्याए। उदयपुर प्राकृतिक स्रोत साधनले सम्पन्न जिल्ला भएकाले यसको उचित व्यवस्थापन र उपयोगका लागि नीति तथा कार्यक्रम ल्याएर कार्यान्वयन गर्नुपर्ने सुझाव दिए।

गुरुङले आफू कांग्रेसको प्राकृतिक स्रोत साधन विभागको संयोजक रहेकाले देशकै ठूलो सरकारी उद्योग उदयपुर सिमेन्ट उद्योगको अध्ययन अवलोकन गरेको उल्लेख गर्दै उद्योगलाई पुनः पूर्ण रूपमा संचालनमा ल्याउन आफुले प्रयास गर्ने बताए । उद्योगमा स्थानीय जनताको समेत स्वामित्व रहने गरी शेयर वितरण र लगानी संरचनामा सुधार गरेर पुनः संचालनमा ल्याउने विषय केन्द्रीय समिति बैठकमा उठाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री डा. नारायण खड्काले उदयपुरका तीनै तहमा नेपाली कांग्रेसको नेतृत्व रहेकाले समन्वयात्मक ढंगले काम गर्नुपर्नेमा जोड दिए। समन्वयको कमीले काम गर्न कठिनाइ भएको उल्लेख गर्दै जनतालाई केन्द्रमा राखेर पूर्वाग्रहरहित रूपमा काम गर्न आग्रह गरे।

समापन कार्यक्रममा पार्टी सभापति हिमाल कार्कीले मेलमिलाप दिवसले नेपाली कांग्रेसलाई एकताबद्ध भएर अघि बढ्ने प्रेरणा दिएको बताए। उनले पार्टीमा सबैलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रदेश तहका जनप्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry