

पूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले उद्घाटन गर्नु भएको हो । संस्थाका अध्यक्ष मिन बहादुर भुजेलले वार्षिक प्रतिवेदन र कार्य योजना प्रस्तुत गर्दै सहकारी क्षेत्रमा देखिएका विकृति विसंगतिहरु आफ्नो संस्थामा आउन नदिन सञ्चालक समिति सचेत रहेको बताउनु भयो ।
साधारण सभामा बार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्षको सर्वधन राईले संस्थामा सेयर सदस्य २ सय ८२ रहेको जानकारी दिनु भयो । साधारणसभाको उद्घाटन समारोहमा शुभकामना दिदै नगर प्रमुख बस्नेतले सहकारीको मूल्य, मान्यता र नियमानुसार चल्दा संस्थाका सबै सेयर सदस्यको हकहित संरक्षण हुने बताउनु भयो ।