उदयपुर साईक्लिङ संघको आयोजनामा ‘राइड टु कोशी’ हुने

Logo
शुक्रबार, माघ १८, २०८१

उदयपुर जिल्लालाई खेल पर्यटनका हिसावले देशभर र बिश्वमा चिनाउने उदेश्य सहित‘राइड टु कोशी–२०८१’ कार्यक्रम हुने भएको छ। उदयपुर जिल्ला साइक्लिङ संघ र नेपाली सेनाको संयुक्त आयोजनामा आगामी फागुन १६ र १७ गते ‘राइड टु कोशी–२०८१’ कार्यक्रम हुने भएको हो।

शाहासिक र मनोरञ्जनात्मक खेल साइकलको माध्यमबाट जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्नुका साथै खेल पर्यटन मार्फत जिल्लालाई देश तथा बिश्वामा चिनाउने उद्देश्यले राइड टु कोशी आयोजना गरिएको बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला साइक्लिङ संघका अध्यक्ष माधव बानियाँले जानकारी दिए ।

उनका अनुसार यात्रामा देशभरका तीन सयदेखि पाँच सयसम्म साइकलयात्रीले सहभागिता जनाउनेछन् । साइकल यात्रा त्रियुगा नगरपालिकाको गाईघाटबाट सुरु भएर बेलटार, रामपुर हुँदै चतरा, उदयपुरतर्फको कोशी टप्पुसम्म पुग्नेछ । त्यसपछि पुनः अर्को दिन सो यात्रा गाईघाट आएर समापन हुने बताइएको छ।

आयोजकका अनुसार स्वास्थ्य, फिटनेस, एकता र वातावरणीय सचेतनालाई प्रवर्द्धन गर्ने, बढ्दो सहरीकरणले वातावरणमा पारेको नकारात्मक प्रभावबारे जनचेतना जगाउन यो कार्यक्रम महत्त्वपूर्ण रहनेछ। २०८२ लाई कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा यस कार्यक्रमले उदयपुर जिल्लाको पर्यटन विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry