

सदरमुकाम गाईघाटमा आयोजित ‘लालशेर राई स्मृति २४ औँ मेयर कप फुटबल प्रतियोगिता २०८१’ को उपाधि वडा नं. १० बोक्सेले जितेको छ ।
बिहिबार थारुहट रंगशालामा सम्पन्न फाइनलमा बोक्सेले वडा नं. १२ पुरानो गाईघाटलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
प्रतियोगितामा विजेता बोक्सेले ५० हजार नगदका साथ ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता पुरानो गाईघाटले ३० हजार नगद र प्रमाणपत्र पाएको छ ।
थरुहट रङ्गशालामा आयोजित फाइनल गेम सहित समापन समारोहमा त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले विजेता टिम र खेलाडीहरुलाई नगद, ट्रफि र प्रमाणपत्र प्रदान गर्नु भयो ।
त्रियुगा नगर खेलकुद विकास समितिको संयोजन, नगरपालिकाको प्रायोजन र एन्फा उदयपुरको आयोजनामा सम्पन्न प्रतियोगिताले स्थानीय खेलाडी उत्पादन गर्न सहयोग पुर्याएको छ ।