क्यान्सर विरुद्ध एच पि भि खोप अन्तर्गत त्रियुगाका साढे ६ हजार किशोरीमा एच.पी.भी भाईरस विरुद्धको खोप लगाइने

Logo
शनिबार, माघ १९, २०८१

गाईघाट । ह्युमन प्यापिलोमा भाईरस (एच.पी.भी) खोप अभियान सम्बन्धमा पालिका स्तरिय खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ । त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शुक्रवार  पालिकाको सभाहलमा भएको अभिमुखिकरण कार्यक्रममा पालिका भरी लगभग साडे ६ हजार किशोरीमा उक्त खोप लगाइने लक्ष्य रहेको जनाइको छ ।

ह्युमन प्यापिलोमा भाईरस विरुद्धको खोपको प्रभावकारिता र खोप अभियानलाई प्रभावकारी रूपले संचालन गर्न बनाईएको योजना, स्वास्थ्यकर्मी, स्वयंसेवक र खोपकेन्द्र व्यवस्थापन तथा वितरण प्रक्रियाका विषयमा उक्त अभिमुखिकरण कार्यक्रममा छलफल गरिएको थियो ।

त्रियुगा नगरपालिका क्षेत्रका खोप लाउने उमेर समुहका कुनै पनि किशोरी नछुटुन भन्ने उदेश्यले महिला स्वस्थ्य स्वयम सेविका, जनप्रतिनिधि, स्थानीय शिक्षक र टोल बिकासका प्रतिनिधिहरुको मदतले डेटा लिएर खोप अभियानमा लागिएको शाखा अधिकृत उपेन्द्र कार्कीले बताउनु भयो ।

नगरपालिका क्षेत्र भित्रका ७२ बिद्यालय बाट ५ हजार ३ सय ४२ र बिद्यालय बाहिर रहेका १ हजार २१ कोशोरी गरि ६ हजार ३ सय ६३ कोशोरीहरुलाई खोप लगाउन १ सय ४ खोप केन्द्र तोकिएको र १ सय १० जना खोप दिने स्वस्थकर्मी खटाइएको छ । खोप अभियानलाई सफल र व्यवस्थित बनाउन २ सय १४ जना स्वयमसेवक खटाइएको र वडा खोप समन्वय समिति बनाएर थप व्यवस्थित बनाउन लागि परेको शाखा अधिकृत कार्कीले जानकारी दिनु भयो ।

कार्यक्रममा त्रियुगा नगरपालिका नगरप्रमुख बसन्त बस्नेतले खोप अभियान लाई प्रभावकारी रुपमा जनस्तरमा पुर्‍याउन र विद्यालय बाहिर रहेका कोही किशोरी नछुट्ने गरि अभियानलाई सफल बनाउन लागि पर्न सम्पुर्ण सरोकार वालाहरुलाई अनुरोध गर्नु भयो ।  बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समेत खोप सुरक्षित प्रमाणीत गरेको र बिश्वका धेरै मुलुकले यो खोपको प्रयोग गर्दै आएको पाइएकाले ढुक्क भएर खोप लाउन सवैमा नगर प्रमुख बस्नेतले आग्रह गर्नु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry