युवालाई गाउँमै रोजगारी दिदै प्रधानमन्त्री रोजगार कार्यक्रम

Logo
आइतबार, फाल्गुण ०४, २०८१

गाईघाट । गाउमै युवाहरुलाई रोजगारी सिर्जना गर्ने उदेश्यले सुरु भएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ १५ नं. वडामा सुरु भएको छ। त्रियुगा नगरपालिकाको चालु आर्थिक वर्ष ०८१/८२ को कार्यक्रम अन्तर्गत शनिबार एक कार्यक्रम गर्दै वडा नं १५ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो।

वडा नं १५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न वडाका २४ जना कामदार छनौट गरिएको छ । कार्यक्रम मार्फत वडा का विभिन्न ४ वटा सडकहरुको सडक बिस्तार तथा स्तरोन्नति गरिने छ । सामाजिक पूर्वाधारको क्षेत्रमा काम गर्ने यो कार्यक्रमले बेरोजगार युवाहरुलाई रोजगार दिनुका साथै गाउसमाजको विकासमा सहयोग पुगेको छ ।

रोजगार कार्यक्रममा लाभग्राही सूचिकृत बेरोजगार व्यक्तिहरूलाई १ दिने कार्यस्थल अभिमुखिकरण कार्यक्रम सम्पन्न गरी परिचयपत्र वितरण गरिएको छ। सूचिकृत लाभग्राही कामदारहरूलाई अभिमुखिकरण कार्यक्रम पश्चात त्रियुगा नगरप्रमुख वसन्तकुमार बस्नेतले परिचयपत्र र काम गर्दा लगाइने सेफ्टी र काम गर्न आवश्यक पर्ने उपकरण वितरण गर्नु भएको थियो ।

परिचयपत्र वितरण गर्दै नगर प्रमुख बस्नेतले स्थानीय बेरोजगारहरूलाई गाउँघरमै रोजगारी सिर्जना गरी युवाहरू विदेश पलायन हुनबाट रोक्न यो कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो। प्रमुख बस्नेतले प्रधानमन्त्री रोजगार कार्यक्रमले सानो लगानीले पनि ठुलठुला योजनाहरू सम्पन्न गर्न र बेरोजगारलाई गाउँमै काम पाउन सहयोग पुगेको बताउनु भयो।

नगरपालिकाले अन्य ४ वडाहरूमा पनि यस्तै बेरोजगारलाई रोजगारी र स्थानीय विकास निर्माणमा टेवा पुग्ने योजनाहरू सञ्चालन गर्ने गरि कार्यक्रम तयार गरेको बताउनु भयो ।

त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्षमा १ हजार ३ सय ८१ जना श्रमिक सूचिकृत गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको संयोजक निशा घलेले जानकारी दिइन । रोजगार कार्यक्रममा कामदारले दैनिक ६ सय ६८ रुपैया दरले १ सय दिन रोजगार पाउने छन । सुचिकृत कामदारको सुरक्षाका लागि कामदारले काम गर्दै गरेको अवस्थामा दुर्घटना भए ७ लाख बराबरको सुरक्षा बिमा गरिएको संयोजक घलेले बताइन । अभिमुखिकरण कार्यक्रमको अध्यक्षता वडा नं २५ का वडा अध्यक्ष गणेश तिम्सिनाले गर्नु भएको थियो भने कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry