भारतीय सहयोगमा निर्माण भएको विद्यालय भवन उद्घाटन

Logo
आइतबार, फाल्गुण ०४, २०८१

उदयपुर ।  नेपाल–भारतमैत्री विकास सहयोगअन्तर्गत उदयपुर जिल्लाको बेलका नगरपालिकामा निर्माण गरिएको २४ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । बेलका नगरपालिकामा वडा नं १ पुरन्दहस्थित जनता बेलका माध्यमिक विद्यालयमा निर्माण गरिएको २४ कोठे  भवनको आइतबार उद्घाटन गरिएको हो ।

भारतीय सहयोगमा निर्माण गरिएको तीन तले भवनमा २१  वटा कक्षा कोठा र ३ वटा टुवाइलेट (महिला र पुरुष अलग-अलग ) गरि २४ कोठा निर्माण गरिएका छन् । पूर्व परराष्ट्र मन्त्री तथा प्रतिनिधि सभा सदस्य डा.  नारायण खड्का र भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तावले  संयुक्तरुपमा विद्यालय भवनको उद्घाटन गर्नुभएको हो ।

भारतीय सरकार र नगरपालिकाको लागत साझेदारीमा ४ करोड ३३ लाख ५३ हजार ५ सय १ रुपैया लागतमा निर्माण गरिएको नेपाल–भारतमैत्री बिद्यालय भवन निर्माणका लागि विसं २०८० ज्येष्ठ ३० मा सम्झौता भएर २०८१ असोजमा सम्पन्न भएको  थियो । ४० बिद्यार्थी क्षमता रहेका २१ कोठा र महिला पुरुष सौचालय ३ रहेको नवनिर्मित भवनको समृद्धि सम्पन्न/विजय सिर्जना जेभी काठमाडौँले निर्माण गरेको हो।

भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल पुर्‍याएको नेपाल स्थित भारतीय दूतावासका उपप्रमुख श्रीवास्तावले बताउनु भयो । भारतीय सरकारको सहयोगले निर्मित बिद्यालयमा पठनपाठन गर्ने छात्रछात्रालाई सहज भएकोमा आफु खुसि भएको उल्लेख गरे।

पूर्व परराष्ट्र मन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. खड्काले भारतीय सहयोगमा बेलका बाहेक उदयपुरका अन्य दुई स्थानमा बिद्यालय भवन र खानेपानी निर्माणको काम ९५ प्रतिशत सम्पन्न भैसकेर निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको उल्लेख गर्दै थप योजनामा भारतीय सहयोगको आवश्यक रहेको बताउनु भयो । त्रियुगा नगरपालिका प्रमुख बसन्त कुमार बस्नेत, बेलका नगरपालिकाकी उपप्रमुख जिरा राई र चौदण्डी नगरपालिकाका पूर्व नगर प्रमुख खगेन्द्र राई सहितको उपस्थितिमा भएको कार्यक्रमको सभापतित्व बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले गरेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry