

गाईघाट । उदयपुरका स्थानीय तहले सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतलाई गृह जिल्लामा स्वागत तथा सम्मान गरेका छ्न । उदयपुर जिल्लामा जन्मिएर राज्यको उच्च ओहोदामा पुगि जनताको सेवामा तल्लीन प्रधान न्यायाधीश राउतलाई सम्मान गरेका हुन ।
त्रियुगा नगरपालिकाले आफ्नै सभाहलमा कार्यक्रम गर्दै प्रधान न्यायाधीश राउतलाई सम्मान गर्नुका साथै वडा नं ८ मा बाल सुधार गृह निर्माणका लागि आवश्यक जग्गा अवलोकन गराएर बाल सुधार गृह निर्माणका लागि सहजीकरण गरिदिन आग्रह गरेको छ ।
प्रधान न्यायाधीशमा नियुक्त भए पछि पहिलो पटक आफ्नो जन्म स्थल आउनु भएका राउतलाई उदयपुरका सात पालिका र जिल्ला समन्वय समितिले सम्मान तथा अभिनन्दन गरेका हुन ।
७१ सालमा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएर सेवा गर्दै आउनु भएका राउत २०८१ असोज २० गते प्रधानन्यायाधीश नियुक्त हुनु भएको थियो । उदयपुरमा जन्मेर प्रधान न्यायाधीश हुनेमा राउत अहिले सम्मकै पहिला उच्च पदस्थ व्यक्तिमा पर्नु हुन्छ । प्रधान न्यायाधीश राउत सँगै उदयपुरमा जन्मिएर नेपाल सरकारको विशिष्ट पदमा पुगेका दुई सचिव कृष्ण बहादुर राउत र मुकुन्द प्रसाद निरौला र नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईलाई पनि सम्मान तथा अभिनन्दन गरिएको छ ।