

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका १२ डिएमगेटमा बिहिबार साझ गाडिको ठक्करबाट एकै घरका दिदि बहिनीको घटनास्थलमै निधन भएको छ ।
डिएमगेटबाट बसपार्क जाने भित्रि सडकमा गाईघाट स्थित हिमशिखर फर्निचरको गाडि प्र.नं. १ ०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडिले ठक्कर दिदा निधन भएको हो ।
सडकको घुम्ती काट्ने क्रममा गाडि अनियन्त्रित भएर घरको पेटीमा बसी रहेका सप्तरी जिल्ला राजविराज घरमै डिएमगेट नजिक राजेन्द्र मैनालीको घरमा भाडागरी बस्दै आएका ललन दासका छोरीहरु १२ बर्षिय देवीकुमारी दास र १४ बर्षिय अनुकुमारी दासलाई ठक्कर दिदा घटनास्लमै मुत्यु भएको हो ।
दुर्घटना पछि १४ बर्षिय अनुकुमारी दासलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा पुर्याए पछि मुत्यु भएको अस्पतालले घोषणा गरेको थियो । सवारी चालक त्रियुगा नगरपालिका ९ गैरुन बस्ने बर्ष १८ का निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।