जोगीदहकी दिलमायाले पाइन नाती सँगै ७४ बर्षको उमेरमा नेपाली नागरिकता

Logo
बिहिबार, फाल्गुण २९, २०८१

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ जोगीदहकी दिलमाया नेपालले ७४ बर्षको उमेरमा बल्ल नेपाली नागरिकता प्राप्त गरेकी छन । खोटाङको रावाबेसीं गाउँपालिका वडा नं ६ (साविक हौंचुर ५) मा जन्मिएकी दिलमायाले जिल्ला प्रशासन कार्यलय उदयपुरबाट ७४ बर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी हुन ।

२००८ साल माघ १२ गते बुवा पदम बहादुर बुढाथोकीकी छोरीका रुपमा जन्मिएकी दिलमायाले हाल सम्म विभिन्न कारणले नागरिकता पाउन सकेकी थिइनन । त्रियुगा नगरपालिका वडा नं १ का मान बहादुर नेपाल सँग विवाह गरे पश्चात पनि नागरिकता पाउन नसकेकी दिलमायाले मान बहादुर बितेर गए पछि अहिले वडा अध्यक्ष मजोज कुमार चौधरीको सक्रियतामा नेपाली नागरिकता पाएकी हुन ।

दिलमायाको छोरा समेतको मृत्यु भैसकेका कारण उनका नातीको नागरिकता बनाउन अप्ठ्यारो परिरहेको बेला सम्पुर्ण कागजात जुटाएर दिलमायाको नागरिकता बनाए पश्चात उनका नातिको समेत नागरिकता बनाउने बाटो खुलेको वडा अध्यक्ष चौधरीले बताए ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेका अनुसार नातीको नागरिकता बनाउन सनाखतमा बसिदिने नेपाली नागरिकता भएको कोही परिवारको मान्छे नभएका कारण पहिले हजुरआमा दिलमायाको नागरिकता बनाउन सम्पुर्ण कागजात पुर्याए पछि नातिको नागरिकता बनाउन सकिएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry