डढेलो नियन्त्रण समाग्री हस्तान्तरण

Logo
बिहिबार, फाल्गुण २९, २०८१

उदयपुर । डिभिजन वन कार्यालय उदयपुर गाईघाटले वनमा लागेको डढेलो नियन्त्रणका लागि अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरेको हो ।

पछिल्लो समय उदयपुरमा दिनप्रति दिन आगलागीका घटना बढ्दै गएपछि नियन्त्रणमा सघाउने पुर्‍याउने उद्देश्यले सुरक्षाकर्मीलाई उपकरण हस्तान्तरण गरेको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख सन्जीवराज ढकालले बताउनुभयो ।

डिभिजन वन कार्यालयले नेपाल प्रहरीलाई ब्याक वाटर पम्प, फायर र्याक, जम्प सुट, फायर साबेल लगाएतका सामाग्री हस्तान्तरण गरेको छ । वन कार्यालयले नेपाली सेनाको पशुपति प्रसाद गण पिपलटार ब्यारेक, सशस्त्र प्रहरीको नम्बर ५ गण बोक्से र जिल्ला प्रहरी कार्यालय उदयपुरलाई हस्तान्तरण गरेको छ ।

अग्नी नियन्त्रण सामग्रीको प्रयोगले वन डढेलो नियन्त्रणमा सहज हुने हुँदा कार्यालयले उपलब्ध गराएको वन कार्यालय उदयपुरका प्रमुख ढकालको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरेले कसैले जानी जानी वनमा लागाए आगो लगाउनेलाई कार्वाही गर्ने निर्णय भइसकेको बताउनुभयो । वन डढेलोले जैविक विविधतामा ठूलो असर पुर्‍याउने हुँदा वन कार्यालयले दिएको सामग्रीलाई सही रुपमा प्रयोग गरि अग्नी नियन्त्रणमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry