श्रमको सम्मान हुन नसक्दा बेरोजगारी बढेको र रोजगारी सिर्जना हुन नसकेको ठहर

Logo
बुधबार, बैशाख १०, २०८२

उदयपुर । त्रियुगा नगरपालिकाले रोजगार प्रवर्द्धनका लागि पालिकाका विभिन्न शाखा मार्फत सिप मुलक तालिमको आयोजना गरि रहेको बताएको छ ।

पालिकाका सामाजिक बिकास शाखा , शिक्षा युवा तथा खेलकुद शाखा, कृषि बिकास शाखा  र उद्यम तथा सहकारी शाखाले बार्षिक ३ सय बढीलाई उद्यमशिल तालिम दिएर रोजगारीको प्रवर्द्धनमा लागि परिरहेको बताएको हो ।

त्रियुगा नगरपालिकाको रोजगार सेवा केन्द्रले गाईघाट स्थित होटल हिमालयमा गरेको कार्यक्रममा उद्यमशिल तालिम लिएका मध्य १ सय ३५ जना रोजगारीमा संलग्न रहेको कार्यक्रम प्रस्तोता निशा घलेले जानकारी दिइन ।

कार्यक्रमका सभापति तथा नगर प्रमुख बसन्त बस्नेतले स्थानीय स्तरमा श्रमको सम्मान हुन नसक्दा नेपालमा रोजगारी सिर्जना हुन नसकेको बताउनु भयो ।  कुर्सीमा बसेर कलमले लेखेर खाने सरकारी रोजगारी मात्र रोजगारी हो भन्ने आम मानिसको बुझाईका कारण श्रमको सम्मान हुन नसक्दा नेपालमा रोजगारी बढ्न नसकेको उहाँको धारणा थियो ।

नगरपालिकाले गर्ने बिकास निर्माणका काममा यहाँका स्थानीय नागरिक बेरोजगार बस्ने सहभागी नहुने बाहिर इन्डियाबाट ल्याएर काम गर्नु पर्ने, बिकास निर्माण कृषि जस्ता पेशामा काम गर्दा शरम लाग्ने हुँदा श्रमको सम्मान नहुँदा बेरोजगारीको संख्या बढेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

वैदेशिक रोजगारीमा गएर पनि गर्ने यहाँकै जस्तो काम गर्ने हो तर बिदेशमा काम सानो ठुलो नहुने श्रमको सम्मान हुने भएकोले रोजगारीका लागि युवाहरु बिदेश पलाएन भएको भन्दै उहाँले श्रमको सम्मान र श्रमको उचित व्यवस्थापन गर्ने गरि सरकारले निति ल्याउने हो भने युवाहरु बिदेश पलाएन नहुने धारणा मेयर बस्नेतले राख्नु भयो ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोईरालाले नगरपालिकाले संचालन गरेका सिप मुलक तालिममा सहभागी भएर पनि त्यहि पेशा र व्यवसाय नगरिदिने गर्दा पनि बेरोजगारी बढेको र रोजगारी सिर्जना नभएको बताउनु भयो ।

कार्यक्रममा नगर उप प्रमुख महेश्वरी राई, वडा अध्यक्ष, उद्योग बाणिज्य संघ लगायत अन्य सरोकार वालाहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry