विश्ववैंकको लगानीमा बन्दै गरेको सडक समयमा सम्पन्न नगरे निर्माण कम्पनीलाई कालो सूची राख्ने चेतावनी

Logo
शुक्रबार, जेठ १०, २०८२

उदयपुर । शहरी विकास मन्त्रालय मार्फत  विश्व बैंकको लगानीमा रहेको ‘नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना’ (यूजीआईआईपी) अन्तर्गत त्रियुगा नगरपालिकाकामा निर्माण भैरहेको सडक स्तरोन्नतीको कामलाई गुणस्तरीय बनाउदै समयमा सक्न निर्माण कम्पनीलाई सचेत गराईएको छ ।

शुक्रबार त्रियुगा नगरपालिकाले पत्रकार सम्मेलनको आयोजमा गर्दै निर्माण कम्पनी आशिष – आशिर्वाद स्वामी – नारायण जेभीलाई निर्माण कार्य गुणस्तरीय सहित समयम नै सम्पन्न गर्न सचेत गराईएको हो ।

सडक स्तरोन्नतिका क्रममा ढिलासुस्ती र काम गुणस्तरीय नभएको जनगुनासो आउन थाले पछि नगरपालिकाले ध्यानाकर्षण भएको जनाउदै पत्रकार सम्मेलनमा गरेर निर्माण कम्पनीका प्रतिनिधि राखेर समयमा गुणस्तरीय सहितको काम सम्पन्न गर्न निर्देशन दिएको छ ।

पत्रकार सम्मेलनमा पत्रकारहरुले जनताले राखेका जनगुनासो निर्माण कम्पनीका प्रतिनिधि र आयोजनका डिजाइन सुपर भिजन कन्सल्टेन्सीका प्राविधिक सँग आ–आफ्नो कुरा राखेका थिए ।

नगरपालिकाको सभाहलमा आयोजित सम्मेलनमा बोल्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई बारम्बार निर्देशन दिईरहेको जानकारी दिनु भयो ।

जनताका जनगुनासोलाई ध्यानाकर्षण भएको र जनताको चासोलाई सम्मान प्रकट गर्दै नगर प्रमुख बस्नतले निर्माण कम्पनीले समयमा गुणस्तरीय सहित मापदण्ड अनुसार काम सम्पन्न नगरे निर्माण कम्पनीलाई हर्जना भराएर पनि काम सम्पन्न गरि सक्ने र निर्माण कम्पनीलाई नेपाल सरकारको कालो सुचीमा राख्ने चेतावनी दिनु भएको छ ।

“बाटो स्तरोन्नतीका क्रमामा जहाँ जहाँ अवरोध र छ त्यहाँ म आफै पुगेर समाधान दिएको छु वडा अध्यक्षहरु सँगै हुनुहुन्छ ।”  मेयर वस्नेतले भन्नु भयो, “बिजुलीको पोल सार्ने र खानेपानीको कामले केही बिलम्ब भयो होला तर नगरपालिकाको तर्फबाट निर्माण कम्पनीलाई कुनै बाधाअवरोध छैन ।

थप्दै नगर प्रमुख बस्नेतले भन्नु भयो, “काम गरे अनुसारको भुक्तानी पनि भएको छ ।, यस्तो अवस्थामा पनि काम नगरे कालोसुचीमा राखेर हर्जना भराएर पनि निर्माण सम्पन्न गरिन्छ ।”

यता निर्माण कम्पनि पक्षले नगरपालिकाले निर्माणको क्रममा सहयोग गरेको र हाल सम्म भएको काम मानिसले गर्ने भएका कारण ढिला भए जस्तो देखिएता पनि अब बाँकी काम  मेसिनरी चिजबाट गरिने हुँदा काम समयमा सकिने बिषयमा ढुक्क हुन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry