त्रियुगा १६ भोर्लेमा ७ सय मिटर बढी आरसीसी सिंचाई कुलो निर्माण, स्थानीय हर्षित

नगर प्रमुख बसन्त बस्नेत द्वारा उद्घाटन
Logo
मंगलबार, आषाढ ०३, २०८२

त्रियुगा  नगरपालिका–१६  स्थित भोर्लेमा सिंचाई कुलो निर्माण सम्पन्न भए पछि आज उद्घाटन गरिएको छ । भोर्ले खोला देखि ७  सय ८ मिटर आरसीसी कुलो निर्माण सम्पन्न भए पछि आज मंगलबार एक कार्यक्रमका बीच त्रियुगा नगरपालिका नगर प्रमुख बसन्त बस्नेतले कुलोमा पानि छाडेर उद्घाटन गर्नु भएको हो । स्विस सरकारको  ३० प्रतिशत, संघिय,प्रदेश र स्थानीय सरकारको २०/२० प्रतिशत गरि ६० प्रतिशत  र स्थानीय जनसहभागीता १० प्रतिशत  गरि ३० करोड ७६ लाखमा आरसीसी कुलो निर्माण गरिएको हो ।

सिंचाई कुलो निर्माण भए पश्चात भोर्ले गाउका १८ घर परिवारको करिव १ सय १२ रोपनी जग्गामा सिंचाई पुग्ने भएको छ । आरसीसी सिंचाई कुलो संचालनमा आए पछि स्थानीय तेज बहादुर सिदाल मगरले अव आउने दिनमा सोचे अनुसार खेतीबाट उब्जनी हुने बताउनु भयो ।

“जसोतसो खनेर बनाएको कुलोले खेतमा सिंचाई गर्न बाध्य थियौ” स्थानीय मगरले भन्नुभयो , “माटोको कुलो बाढी आउँदा बगाउने अनि बनाउनुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर ठाउँठाउँमा कुलो भत्किने र पानी चुहिने कारणले गर्दा खोलाबाट फर्काएको पानि खेती सम्म नआइ पुग्दा सास्ती थियो अव ढुक्क भयो,  अव सोचे अनुसार खेतीबाट उब्जनी हुन्छ ।”

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त बस्नेतले नगरपालिकालाई  कृषिमा आत्मनिर्भर बनाउन सिचाई योजना अपरिहार्य भएकाले स्विस सरकार सहित संघ र प्रदेशमा आग्रह गरेर आरसीसी कुलो निर्माण गरिएको बताउनु भयो। नगर प्रमुख बस्नेतले सिचाईलाई व्यवस्थित बनाउदै नगरपालिकालाई  कृषिमा आत्मा निर्भारा बनाउने योजना नगरपालिकाको रहेको बताउनु भयो।सी

नगर उप प्रमुख महेश्वरी राईले आरसीसी  सिंचाईकुलो टिकाउ र दीर्घकालीन भएको हुँदा यसले समग्र भोर्ले बासीको आर्थिकस्तर बृद्धि गर्न मद्धत पुग्ने विश्वास ब्यक्त गर्नु भयो । यस्तै वडा अध्यक्ष मान बहादुर राईले गुणस्तरीय र समयमा काम सम्पन्न गरेकोमा उपभोक्ता समितिलाई धन्यबाद दिनु भयो ।

नगरपालिकाले वडा नं १६ लाई कृषिमा लगानी गरि रहेको र यसमा थप नगरपालिकाका पहाडी वडा १४ , १५ र १६ लाई कफी जोनको रुपमा बिकास गर्ने भएका कारण यसको सम्पूर्ण १६ नं वडाका कृषकले उपयोग गर्नु पर्ने बताउनु भयो । उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोईराला लगायत स्थानेया लाभाग्राही हरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry