

उदयपुर । त्रियुगा नगरपालिकाले दुई खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाको १५ औं नगर सभाको अवसर पारेर नगरपालिकाका दुई खेलाडीलाई वर्ष खेलाडी घोषणा गरि सम्मान गरेको हो ।
साईक्लिङ, प्याराग्लाईडिङ र र्याफ्टिङ जस्ता साहासिक खेल मार्फत नगरपालिकाको पर्यटन क्षेत्र र साहासिक खेलमा योगदान पुर्याएको भन्दै साहासिक खेलाडी जितु रोइलालाई वर्ष खेलाडी पुरुष घोषणा गरि नगद १५ हजार सहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोईरालाले बताउनु भयो ।
यस्तै राष्ट्रपति रनिङशिल्ड मार्फत उत्कृष्ट प्रदर्शन गर्दै कोशी प्रदेश स्तरीय प्रतियोगितामा समेत भाग लिएर उत्कृष्ट प्रदर्शन गरेकी भलिवल खेलाडी सुस्कान राईलाई वर्ष खेलाडी महिला घोषणा गरि सम्मान गरिएको छ ।
खेलाडीहरुलाई खेल प्रति प्रोत्साहन गर्न र नगरपालिकाको नामलाई उच्च राख्ने खेलाडीहरुलाई नगरपालिकाले सम्मान गरेको र आउँदा दिनमा पनि हरेक बिधा र क्षेत्रका खेलाडीहरुलाई सम्मान गर्दै लगिने नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।
यस अगाडि नगरपालिकाले त्रियुगा नगरपालिका जन्मिएकी राष्ट्रिय फुटबल टिमका खेलाडी अमिशा कार्की र बडी बिल्डर दिनेश चौधरीलाई सम्मान गरि सकेको छ ।