त्रियुगालाई पर्यटनको पहिलो गन्तव्य बनाउने योजनामा छौ : नगर प्रमुख बस्नेत

Logo
बुधबार, आषाढ १८, २०८२

उदयपुर । त्रियुगा नगरपालिकामा जल पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले शाहासिक खेल र्‍याफ्टिङ/कायकिङका लागि दुई वडा कायक खरिद गरि होटल पर्यटन व्यवसायी सँघलाई हस्तान्तरण गरेको छ ।

रिभर गाईड सम्बन्धि तालिम लिएका त्रियुगा वडा नं १४ र १५ का ९ जना युवालाई सुनकोशी नदिमा र्‍याफ्टिङ र कायकिङ संचालन गर्ने उदेश्यले दुईवटा कायक खरिद गरि होटल पर्यटन व्यवसायी सँघ मार्फत हस्तान्तरण गरेको हो ।

यस अगाडि त्रियुगा नगरपालिकाले र्याफ्टिङ मार्फत जल पर्यटन भित्र्याउन वडा नं १४ र १५ का ९ जना युवालाई र्‍याफ्टिङ र कायकिङ सम्बन्धि रिभर गाइड तालिम दिएको थियो ।

तिनै तालिम लिएका युवालाई लक्षित गरि सुनकोशी नदिमा र्‍याफ्टिङ संचालन गर्न कायक खरिद गरि हस्तान्तरण गरिएको नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।

“हामी नगरपालिकालाई पर्यटकिय हिसावले पहिलो गन्तव्य बनाउन चाहान्छौ त्यसको लागि खेल पर्यटनका लागि र्‍याफ्टिङ, प्याराग्लाईडिङ का समान खरिद गरेका छौ” नगर प्रमुख बस्नेतले भन्नु भयो, “धार्मिक पर्यटनका लागी आवश्यक पूर्वाधार सडक स्तरोन्नति गर्दैछौ र आरामदायी र मनोरञ्जन गर्न आउनेहरुका लागि पनि पूर्वाधार तयार गर्दै छौ जस्तो की हिल स्टेसन हरु निर्माण हुदै छन ।”

शाहासिक खेल र धार्मिक पर्यटन मार्फत पर्यटन प्रवर्द्धन गर्न नगरपालिकाले जसरी योजना बनाएर होटल व्यवसायी सँग पनि सहकार्य गरेर काम गरि रहेको अत्यन्त सराहनीय रहेको होटल पर्यटन व्यवसायी सँघका अध्यक्ष डेभिड बस्नेत बताउनु हुन्छ । नगरपालिकाले अहिले बनाएको योजनाले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्नुका साथै पर्यटन पूर्वाधार निर्माण गर्ने कुरामा नगर प्रमुख उपप्रमुखको राम्रो धारणा रहेको अध्यक्ष बस्नेतले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry