त्रियुगा नगरपालिकाको आव २०८१/८२ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

Logo
सोमबार, आषाढ ३०, २०८२

उदयपुर : त्रियुगा नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिका र नगरअन्तर्गत रहेका शाखाहरुले आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिकमा प्रवाह गरेका सार्वजनिक सेवा र प्रभावकारिता विषयमा सार्वजनिक सुनुवाइ गरिएको हो ।

त्रियुगा नगरपालिकाको आयोजना तथा रौतामाई नेटवर्क प्रा.लीको सहजिकरणमा नगरपालिकाको सभाहलमा सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही, नागरिक, राजनीतिक दल, विषयगत शाखाहरुका प्रमुख एवम प्रतिनिधिहरुले गुनासा तथा टिप्पणी र सुझावहरु राखेका थिए ।

नागरिकहरुबाट प्राप्त भएका गुनासाहरुको सम्बोधन गर्दै नगरप्रमुख वसन्त बस्नेतले राज्यको नीति र पद्धती नै व्यवहारिक नहुँदा कतिपय काममा कठिनाइ भएको भएपनि नगरपालिका समृद्धिको बाटोतर्फ उन्मुख हुँदै गएको दाबी गर्नु भयो ।

नगर प्रमुख बस्नेतले नगरपालिकाको प्रशासकीय भवन निर्माणको काम, शिक्षामा स्थानीय पाठ्यक्रम लागू गरि बिद्यालयको दरवन्दी मिलान गरि शिक्षामा गुणस्तर बढाउने काम, स्वास्थ्यमा जिल्ला अस्पताललाई विशेषज्ञ सेवा दिने सहितको अस्पतालमा परिणत गरिएको, पूर्वाधार तर्फ बिश्वबैंकको लगानीमा बन्ने सडकको काम अन्तिम चरणमा पुगेको र दोस्रो फेजका लागि प्रक्रिया अगाडि बढेको र त्रियुगा रिङरोड निर्माणको थालनी भएको बताउनु भयो ।

कार्यक्रममा सहभागीहरुले युवा लक्षित कार्यक्रम गरि युवाहरुलाई स्वरोजगार बनाउने तर्फ लाग्न सुझाव दिएका थिए । यस्तै सहभागीहरुले कृषिलाई व्यवसायीक बनाउदै उत्पादन सँग जोडेर आत्म निर्भर बनाउने योजना ल्याउन आग्रह गरेका थिए  ।

सहभागीहरुका सवाल र गुनासाहरुलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले १२ सय बढी महिला कृृृषकलाई आधारशीला तालिम दिएर समुह बनाई कृषिमा आवद्द्ध गरेको र वार्षिक रुपमा २ सय बढी युवालाई स्वरोजगार बनाउन सिपमुलक तालिमको आयोजना गरि तलिम दिरहेको बताउनु भयो ।

स्वास्थ्य क्षेत्रमा जिल्ला अस्पतालमा डाइलेसिस सेवाको सुचारु गरेको र नगरअस्पताल संचलानमा ल्याएर सेवा सुचारु गर्नुका साथै मेयर सँग ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम मार्फत ज्येष्ठ नागरिकको घर घरमा औषधि पुर्याउने गरेको बताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपप्रमुख महेश्वरी राईले नगरपालिकाले गर्ने सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहीतालाई ध्यानमा राखेर काम गर्ने गरेको बताउनु भयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोईरालाले नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्न पर्ने बिषयमा प्रकाश पार्नुका साथै सार्वजनिक सुनुवाईको महत्वको बिषयमा बताउनु भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry