पर्यटकीय स्थल बिसनपुर हरितपार्क(फोटो सहित)

Logo
बुधबार, साउन ०१, २०८२

उदयपुर । बिसनपुर हरित पार्कमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले बनाएका विभिन्न संरचनाहरुको आज उद्घाटन गरिएको छ । हरित पार्क भित्र बनाएको बाल उद्य्यान, वाटर फाउन्टेनको त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले उद्घाटन गर्नु भएको हो ।

मन्दिर, थारु संग्राहलय, पोखरी सहित रहेको हरित पार्कमा अहिले बाल उद्यान, वाटर फाउन्टेन र फ्रड लाइट सहित िस्ट्रट लाइट थपेर मनोरञ्जन लिन सकिने ठाउँको रुपमा बिकास गरिएको छ । फोटो भिडियो खिच्न, आनन्द लिन, मनोरञ्जन लिन र टिकटक बनाउने जाने स्थानको रुपमा बिकास हुँदै गएको बिसनपुर हरित पार्क अहिले पहिलो रोजाई बनेको छ ।

हरित पार्क बनेको स्थान भनेको त्रियुगा नदिको नदि उकास जग्गा हो । नदि उकास जग्गालाई त्यहाँका आदीबासी चौधरीहरुले संरक्षण गरेर राखेको हुँदा संरक्षित जग्गालाई आम नागरिकले उपयोग र मनोरञ्जन लिने ठाँउको रुपमा बिकास गरेको नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो । बिसनपुरमा थप अन्तर्राष्ट्रिय स्तरको रंगशाली निर्माण, निर्माणधीन झोलुङ्गे पुलको सजावट गर्दै बिसनपुरलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्ने योजना अनुसार काम गरिरहेको मेयर बस्नेतले बताउनु भयो  ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry