

उदयपुर । चौदण्डी नगरपालिका वडा नं ९ का एक शिक्षक एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन । गरिव र असाहाय महिलालाई डराई धम्काई र ललाई फकाई गरि बलात्कार गरेको पिडित महिलाले शिक्षकलाई आरोप लगाएकी छन ।
श्रीमान बिदेश रहेको समयमा विभिन्न प्रलोभनमा पारि र डराई धम्काई बलात्कार गरेको पिडित महिलाको आरोप छ । चौदण्डी नगरपालिका वडा नं ९ मुसहर्नी स्थित शिद्धेश्वरी मावी हडियाका गजेन्द्र गिरि पक्राउ परेका हुन ।
डर र धम्कीमा पारि पटक-पटक बलात्कार गर्ने गरेको भन्दै ति महिलाले अन्तिम पटक असारको अन्तिम साता तिर पनि बलात्कार गरेको प्रहरी सामु बयान दिएको प्रहरीले जनाएको छ ।