त्रियुगाको शैक्षिक सुधारमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था united wolrd schools (UWS) को साथ

Logo
सोमबार, भाद्र १६, २०८२

गाईघाट । शिक्षा क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था united wolrd schools (UWS) र त्रियुगा नगरपालिका विच त्रियुगा नगरपालिका भित्रका आधारभुत बिद्यालयको शैक्षिक सुधारका लागि सम्झौता भएको छ ।

आज त्रियुगा नगरपालिकामा नगरपालिका तर्फबाट नगर प्रमुख बसन्त बस्नेत, उप प्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोईराला, वडा अध्यक्षहरु र संस्थाका तर्फबाट संस्थाका उदयपुर प्रतिनिधि विच सहमति भएर नगरपालिका, स्थानीय जनसहभागिता र संस्था मिलेर शैक्षिक सुधारको काम गर्ने निर्णय भएको हो ।

नगर क्षेत्रका जिर्ण आधारभुत विद्यालयहरुको शैक्षिक सुधारका लागि भौतिक पूर्वाधार निर्माण, शैक्षिक सामग्री, शिक्षकलाई तालिम, शैक्षिक अनुगमन, बिद्यालय र समुदाय बिचमा सचेतना कार्यक्रमहरु गरिने नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।

स्थानीय साझेदार संस्था  united wolrd schools (UWS) नेपालले आफ्नो उदेश्य वा नारा “जिरो एजुकेसन पोवर्टी (शुन्य शैक्षिक गरिवि) २०३०” बनाएर लक्ष्य वा उदेश्यमा पुग्ने योजना बनाएए काम गरिएको संस्थाका प्रतिनिधि अविनाश झाले जानकारी दिनु भयो । युडब्लुएस(UWS) ले अहिले सम्म देशभरका २७ भन्दा बढि पालिकामा काम गर्दै गरेको झाले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry