

उदयपुर । त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले जेन जि समुह गरेको माग सम्बोधन गर्दै चाँडै अन्तरिम सरकार गठन गरि सरकार संचालनको बाटो खुलाउन आग्रह गरेका छन ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नगर प्रमुख बस्नेतले जेन जी समुहको मागलाई सम्बोधन गर्दै नयाँ सरकार गठन गरि देशलाई निकाश दिन माग गरेका हुन ।
नगर प्रमुख बस्नेतले जेन जीको समर्थनमा बनेको अन्तरिम सरकारले बहुदलीय व्यवस्था पछिका सम्पुर्ण राजनैतिक दलका नेता कार्यकर्ताको सम्पति छनविन गर्न आह्वान समेत गरेका छन ।
“जेन जी पुस्ताको समर्थनमा नयाँ सरकार बनेपछी २०४६ देखि २०८२ साल सम्मका सबै राजनितिक दलका नेता कार्यकर्ता को सम्पत्ति छानबिन गरि अवैध देखिने सम्पती जफत गरि कार्यबाही गर्नुपर्छ ।” नगर प्रमुख बस्नेतले भनेका छन ।
यस्तै उनले राज्यका संवैधानिक निकायहरु र अन्य स्थानमा राजनैतिक नियुक्ति बन्द गर्ने कानुन ल्याईनु पर्ने पनि माग राखेका छन ।
उनले भनेका छन, “न्यायलयमा राजनितिक भागबण्डाबाट न्यायधीश हुन नपाउने अख्तियार, विभिन्न प्रतिस्ठान र संवैधानिक निकायमा दलिय भागबण्डा हुन नहुने कानुन बनाइ लागू गर्नुपर्छ ।”