

उदयपुर । दशैं भन्ने बितिकै हर्षोल्लासको चाड भनेर मान्ने गरिन्छ । दशैंमा नयाँ कपडा लाउने मिठो मसिनो खाने सहित आफन्त सँग भेटघाट गर्ने र आफु भन्दा ठुलाबडा सँग टिका जमरा सहित आशीर्वाद थाप्ने चलन र मान्यता रहेको छ ।
दशैं जस्तो महानचाडमा पनि आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारलाई यस्ता चाडबाड आउँदा आर्थिक अभाव हुने गर्दछ । तिनै हुँदा खाने विपन्न ५२ घर परिवारलाई चाडवाडमा केही राहत होस भनेर एक समजसेवीले नगद सहित खाद्यान्न सहयोग गरेका छन ।
त्रियुगा नगरपालिका वडा नम्वर ८ साहिखोला निवासी रत्न बहादुर कार्कीको परिवारले दशै मनाउन वडाका ५२ घर परिवारलाई नगद सहित खाद्यान्न सहयोग गरेका हुन ।
सोमवार कार्कीका परिवारले त्रियुगा नगरपालिका ८ स्थित साहिखोला आधारभुत बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि वडा भरिका ५२ घर परिवारलाई १ हजार नगद सहित खाद्यान्न (चामल, नुन, तेल रमरमसला) सहयोग गरेका हुन ।
कार्की परिवारका श्रिमती कृष्ण माया कार्की, छोरा लिल बहादुर कार्की (नवराज) बुहारी रिता कार्की, नातिनीहरु सुजा र पुजा कार्कीले सामुहिक रुपमा वितरण गरेका हुन । यस्तै समाजसेवी कार्की परिवारले साहिखोला आधारभुत विधालयमा अध्ययनरत १ सय १८ जना बालबालिकाहरुलाई विद्यालय पोशाक र जुत्ता वितरण गरेको कार्की परिवारले जानकारी दिएका छन ।
कार्की परिवारले गरेको सहयोगलाई नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नं ८ का युवाहरुले सहजीकरण गरेको वडा सभापति लिल बहादुर बस्नेतले जानकारी दिए ।