त्रियुगा–१ ले ३० ज्येष्ठ नागरिकलाई न्यानो सामग्री वितरण

Logo
शनिबार, आश्विन २५, २०८२

उदयपुर । त्रियुगा नगरपालिका वडा नं १ ले ३० जना ज्येष्ठ नागरिकका परिवारलाई न्यानो सामग्री वितरण गरेको छ। वडाको सभाहलमा आयोजित कार्यक्रममा वडा अध्यक्ष मनोज कुमार चौधरीले ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै सिरक, डस्ना, सिरानी, तन्ना र झुल वितरण गर्नुभएको हो ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रशासन शाखाका प्रशासकीय अधिकृत जनक ढुंगानाले ज्येष्ठ नागरिकहरू समाजका अनुभवका भण्डार र सन्तानका लागि प्रेरणाको स्रोत रहेको बताउनुभयो।

वडा अध्यक्ष चौधरीले ज्येष्ठ नागरिकहरू समाजको मेरुदण्ड भएको बताउदै ज्येष्ठ नागरिकले आ–आफ्नो जीवनको अमूल्य समय देश र समाज निर्माणमा समर्पण गर्नु भएको बताउदै  उहाँहरूको अनुभव र सल्लाहले हामीलाई अगाडि बढ्न ऊर्जा प्रदान गर्ने बताउनु भयो ।

“वडाले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिँदै ज्येष्ठ नागरिक, विपन्न र असहाय परिवारलाई आवश्यक सहयोग प्रदान गर्दै जानेछ।” वडा अध्यक्ष चौधरीले भन्नु भयो,  “हामी सबैले आमाबुबा तथा वृद्ध व्यक्तिहरूप्रति आदर र हेरचाह गर्न सिक्नुपर्छ।”

कार्यक्रममा वडा सदस्यहरू, स्थानीय प्रतिनिधि, समाजसेवी र लाभग्राही परिवारहरूको उपस्थिति रहेको थियो। वितरण कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले वडाले प्रदान गरेको सहयोगप्रति खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry