भारतीय सहयोगमा त्रियुगामा ३ वटा योजना, १ को उद्घाटन हुँदै गर्दा दुई निर्माणको चरणमा

Logo
शुक्रबार, माघ ०३, २०८२

उदयपुर ।  नेपाल–भारतमैत्री विकास सहयोगअन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा निर्माण गरिएको २४ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । त्रियुगा नगरपालिकामा वडा नं १० बोक्सेस्थित वाल मन्दिर  माध्यमिक विद्यालयमा निर्माण गरिएको २४ कोठे  भवनको आइतबार उद्घाटन गरिएको हो ।

भारतीय सरकारको सहयोगमा निर्माण गरिएको तीन तले भवनमा २४  वटा कक्षा कोठा र ३ वटा टुवाइलेट (महिला र पुरुष अलग-अलग ) गरि २७ कोठा निर्माण गरिएका छन् । त्रियुगा नगर पालिकाका नगर प्रमुख वसन्त बस्नेत र भारतीय दूतावास काठमाडौंका द्वितीय सचिव गरिमा नौटियालले संयुक्तरुपमा विद्यालय भवनको उद्घाटन गर्नुभएको हो ।
भारतीय सरकार र नगरपालिकाको लागत साझेदारीमा ३ करोड २७ लाख ५९ हजार ८ सय १४ रुपैया लागतमा निर्माण गरिएको नेपाल–भारतमैत्री बिद्यालय भवन निर्माणका लागि विसं २०७८ असोज १ मा सम्झौता भएर २०८० पौष मसान्तमा सम्पन्न भएको  थियो ।

४० बिद्यार्थी क्षमता रहेका २४ कोठा र महिला पुरुष सौचालय ३ रहेको नवनिर्मित भवनको थापा निर्माण सेवा रामेछाप मन्थलीले निर्माण गरेको हो।

भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल पुर्‍याएको नेपाल स्थित भारतीय दूतावासका द्वितीय सचिव नौटियालले बताउनु भयो । नौटियालले भारतीय सरकारको सहयोगले निर्मित बिद्यालयमा पठनपाठन गर्ने छात्रछात्रालाई सहज भएकोमा आफु खुसि भएको उल्लेख गर्नु भयो ।

नगर प्रमुख बस्नेतले भारतीय सहयोगमा बाल मन्दिर बाहेक त्रियुगाका अन्य दुई स्थानमा योजना संचालनमा रहेको बताउनु भयो । उहाँले श्रीपुर खानेपानी निर्माणको काम सम्पन्न भइसकेको र त्रियुगा नगर अस्पताल निर्माणका लागि ठेक्का लागि सकेको जानकारी दिनुभयो ।

नगर प्रमुख बस्नेतले थप योजनामा भारतीय सहयोग जुटाउन आफुले पहल गर्ने बताउनु भयो । त्रियुगाको शिक्षा सुधारका लागि नगरपालिकाले शैक्षिक क्यालेन्डर निर्माण गरि क्यालेन्डरका आधारमा कार्यक्रम गरिरहेको जानकारी दिनु भयो ।

यस्तै नगर उप प्रमुख महेश्वरी राईले बिद्यालय सहित अन्य त्रियुगाको विकासमा भारतीय सरकारको सहयोग रहेको उल्लेख गर्दै थप सहयोग मिल्नेमा विश्वस्त रहेको बताउनु भयो । शिक्षा र स्वास्थ्यमा भारतीय सरकारले गरेको सहयोगको प्रसंसा गर्नु भयो ।

त्रियुगा नगरपालिका वडा नं १० का वडा अध्यक्ष किरण पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा अन्य वडा अध्यक्षहरु वडा नं ३ का वडा अध्यक्ष तिलक कटुवाल, वडा नं ४ का वडा अध्यक्ष बद्री बस्नेत, वडा नं ५ का वडा अध्यक्ष उद्धव थापा र वडा नं १६ का वडा अध्यक्ष मान बहादुर राईको उपस्थिति रहेको थियो  ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry