गाइघाट । सताब्दी पुरुष तुलसी प्रसाद रेग्मीको पहिलो स्मृति दिवसको अवसर पारेर तुलसी स्मृति ग्रन्थ लोकार्पण गरिएको छ ।
नेपाल सरकारको संवैधानिक निकाय लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले ग्रन्थको लोकार्पण गरेका हुन ।
बहुमुखि प्रतिभाका धनि सताब्दी पुरुष रेग्मीको १९८२ साउन १५ गते जन्म भएर २०८१ फागुन २७ गते निधन भएको थियो ।
राजनीति, पत्रकारीता र साहित्य मार्फत पञ्चायतकालमा समाजलाई परिवर्तन गर्न ठुलो योगदान पुर्याउनु भएको थियो । उहाँकै सम्झनामा ९० जना सर्जकहरुले तुलसि स्मृति ग्रन्थमा आफ्ना सम्झनाहरु लेखेका छन ।
नेपाल सरकारका मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी देखी पूर्व प्रशासक र राजनीतिज्ञ हरुले ग्रन्थमा उहाँलाई सम्झिएका छन । ५ सय १८ पृष्ठ रहेको उक्त ग्रन्थमा विभिन्न भाग गरि उहाको जिवनी, उहाँको सम्झनामा लेखिएका स्मरणहरु, तस्वीर, उहाँले लेखेका मुख्य समाचार र केही उहाँले लेखेका साहित्यहरुलाई समेटिएको छ ।
त्रियुगा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख सल्लाहकारको रुपमा रहदा निधन हुनुभएका रेग्मी नेपाल सरकारले शिक्षा पुरस्कार २०५२, प्रजातन्त्र सेनानी २०७२ सहित धेरै पटक सम्मानित हुनु भएको थियो ।