उदयपुर । उदयपुर जिल्लामा प्रथम कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ जिल्ला समिति उदयपुरको आयोजनामा आगामी चैत २६ र २७ गते बेलका नगरपालिका– ८, बोप्ताङमा प्रतियोगिता हुने भएको हो ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ जिल्ला समिति उदयपुरले मंगलबार पत्रकार सम्मेलनमार्फत कोशी प्रदेशमै पहिलोपटक बोप्ताङमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ । नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ शाहले बाली जस्तै बनाउन सकिने भनेर सम्बोधन गरेको उदयपुरको रामपुर चतरा स्थित बोप्ताङमा प्रतियोगिता हुने भएको हो ।
ऐतिहासिक धार्मिक क्षेत्र बराहक्षेत्र र चतराको आकाशमा चैत्र २६ र २७ गते प्याराग्लाइडिङका सौखिन बिदेशी ४ सहित ३५ जनाले प्रतियोगितामा भाग लिने भएका छन् । प्रतियोगिताले उदयपुर पर्यटन र साहसिक खेल क्षेत्रमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । प्रतियोगीतालाई कोशी प्रदेश पर्यटन कार्यालय धरानले मुख्य प्रायोजन गरेको छ।