इन्धनको मुल्य वृद्धिले निर्माण व्यवसायी देखी निर्माण उद्योग धरासायी भएको ठहर

Logo
शनिबार, चैत्र २८, २०८२

गाईघाट, चैत — इन्धनमा भएको मुल्य वृद्धिका कारण निर्माण सामग्रीमा भइरहेको लगातारको मूल्यवृद्धिका कारण निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै नेपाल निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति उदयपुरले निर्माण क्षेत्रमा ‘आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेको छ।

मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धनमा भएको अत्यधिक  मूल्यवृद्धिले निर्माण उद्योग गम्भीर संकटमा परेका कारण ‘आपतकाल’ घोषणा गर्न संघले बुधबार प्रेस विज्ञप्तिमा जारि गर्दै माग गरेको हो म

संघका अनुसार इन्धनसँगै निर्माण कार्यमा व्यापक प्रयोग हुने बिटुमिन, सिमेन्ट, डण्डी लगायत सामग्रीको मूल्य पनि निरन्तर बढिरहेको छ भने बजारमा आवश्यक सामग्रीको अभावसमेत देखिएको छ।

विज्ञप्तिमा देशका विभिन्न स्थानमा देखिएको क्रसर उद्योगसम्बन्धी समस्याले निर्माण क्षेत्र झन् प्रभावित बनेको उल्लेख गरिएको छ। निर्माण उद्योग अहिले अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै संघले केन्द्रीय महासंघमार्फत तथा प्रत्यक्ष रूपमा नेपाल सरकारका सम्बन्धित निकायमा बारम्बार ध्यानाकर्षण गराए पनि समस्या समाधानतर्फ ठोस पहल नभएको गुनासो गरेको छ।

संघले ठेक्काको मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकांकअनुसार हुने व्यवस्था रहेको तर बजारमा निर्माण सामग्रीको मूल्य निरन्तर बढिरहे पनि सूचकांकमा मूल्य घटेको देखिने प्रवृत्तिका कारण निर्माण व्यवसायी थप मर्कामा परेको जनाएको छ। यस्तो अवस्थाले व्यवसायीमाथि ठूलो आर्थिक भार परेको र निर्माण कार्य नै प्रभावित भएको संघको भनाइ छ।

प्रेस विज्ञप्तिमार्फत संघले निर्माण क्षेत्रमा तत्काल ‘आपतकाल’ घोषणा गरी व्यवसायीलाई राहत उपलब्ध गराउन माग गरेको छ। साथै, प्रत्येक आयोजनामा हालको कानुनी व्यवस्थाअनुसार मूल्य समायोजन हुन नसकेको भन्दै “मूल्य समायोजनको मार्ग निर्देशिका–२” तत्काल जारी गर्न र सबै अवधिका ठेक्कामा मूल्य समायोजनको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।

नेपाल निर्माण व्यवसायी संघ उदयपुरका अध्यक्ष कौशल कुमार आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा मूल्यवृद्धिबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीको समस्या शीघ्र सम्बोधन गर्न सरकारसमक्ष अपिलसमेत गरिएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry