‘संविधान संशोधन प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने, फिर्ता गर्दा दाेष लगाउने?’

Logo
बिहिबार, जेठ १५, २०७७

काठमाडाैं : संविधान संशोधनको प्रस्ताव आजको संसदको कार्यसूचीबाट हटेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले कांग्रेसलाई दोष लगाएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने तर फिर्ता गर्दा दोष लगाउने भन्दै प्रश्‍न गरेका हुन्। नेकपाका नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कांग्रेसकै अनुरोधमा संविधान संशोधनको प्रस्ताव संसदको कार्यसूचीबाट हटाइएको बताएपछि प्रवक्ता शर्माको यस्तो प्रतिक्रिया आएको हो।

शर्माले ट्वीटरमा लेखेका छन्, ‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने? को गर्दैछ यो षड्यन्त्र?’ प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै उनले कांग्रेसले संविधान संशोधनको प्रक्रिया सुरु गर्न भनिसकेको पनि दाबी गरे।

उनले अगाडि लेखेका छन्, ‘प्रक्रिया सुचारु गर्नोस्, केन्द्रीय समितिको बैठक बसेर बसेर संस्थागत निर्णयकासाथ नयाँ नक्सा र संशोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दि’सकेका छौँ। यसमा हामी चट्टानी रुपले दृढ छौं र रहन्छौं।’

यस्तै कांग्रेसका कारणका कारण संसदमा संशोधन विधेयक पेश हुन नसकेको हल्ला पछि नेता थापाले तत्काल निर्णय गराउन पार्टी नेतृत्वलाई दबाब दिएका छन् । थापाले सभापति देउवालाई बिहीबार नै केन्द्रीय कार्यसमितिको बैठक डाकेर यसबारे निर्णय लिन भनेका छन्।

‘परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो’, ‘फास्ट ट्रयाक’बाट संविधान संशोधन पारित गर्नुपर्ने मत राख्दै थापाले भनेका छन्, ‘सभापतिज्यू भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौँ।’

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:sholusantvhd@gmail.com, khemrjd@gmail.com

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry