

उदयपुरको चौदण्डी नगरपालिकाले मध्यावधि प्रगति प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको छ। स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएर आएका नगर प्रमुख कालुमान लामाको टिमले आर्थिक वर्ष २०७९/०८० देखी २०८०/०८१ र २०८१/०८२ सम्मको प्रगति प्रतिवेदन पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
नगरपालिकाले तिन आर्थिक वर्षमा कुल १ अर्व ७१ करोड ८१ लाख २ हजार २ सय ५६ रुपैया खर्च गरेको जनाएको छ। जसमा पालिकाका अनुसार १ अर्व २९ करोड ३५ लाख ९२ हजार ५ सय ७० रुपैया चालु तर्फ खर्च भएको छ भने ४२ करोड ४५ लाख ९ हजार ६ सय ८७ रुपैया पुजीगत खर्च भएको छ।
नगरपालिकाले आफ्नो आन्तरिक आय तर्फ आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ७५ लाख ८४ हजार ५ सय ४६, आ. व. २०८०/०८१ मा ६ करोड ७१ लाख ७३ हजार ३ सय ५४ र आ. व. २०८१/०८२ को मङ्सिर मसान्त सम्ममा २ करोड ४२ लाख ५८ हजार २ सय ६७ रुपैया आम्दानी भएको जनाएको छ।
भौतिक पूर्वाधार तर्फ नगर करिव १५ किलोमिटर सडक कालोपत्रे गरेको छ भने ५० किलो मिटर बढी सडकमा ग्राभेल गरि सडक स्तरोन्नतिको काम गरेको नगर प्रमुख कालुमान लामाले जानकारी दिनु भयो। त्यसका अलावा नगरापालिकाले नगर क्षेत्र भित्रका विभिन्न जिर्ण बिद्यालय भवन निर्माण देखि दर्जन बढी खानेपानीका योजनाहरु सम्पन्न गरेको नगर प्रमुख लामाले बताउनु भयो।
नगरपालिकाले पुजिगतर्फको बजेटलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानीको क्षेत्रमा अधिकतम खर्च गरेको पाइएको छ । आफ्नो चुनावी प्रति बद्धता अनुसार काम गरिरहेको र आफ्नो कार्यकाल भरिमा आफ्ना चुनावी घोषणा पत्रानुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।