आगामी आर्थिक वर्षका लागि बनाउने नीति तथा कार्यक्रमको बिषयमा त्रियुगा नगरपालिकाको सरोकारवाला सँग छलफल तथा अन्तरक्रिया

Logo
शुक्रबार, जेठ ३१, २०८२

त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को असार १० गते प्रस्तुत गर्ने आफ्नो नीति तथा कार्यक्रमको बिषयमा छलफल तथा अन्तरक्रिया गरेको छ । त्रियुगा नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा स्थानीय राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सरोकार वालाहरुले भाग लिएका थिए ।

सिमित स्रोत र साधनका बावजुद पनि जनताका असीमित आवश्यकतालाई मध्यनजर गरेर नीति तथा कार्यक्रम बनाउन पर्ने भएका कारण विगतका वर्षमा पालिकाले बनाएको नीति तथा कार्यक्रमलाई कार्यन्वयन गर्न असजिलो भएको प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोईरालाले बताउनु भयो । आर्थिक वर्ष २०८२/८३ मा  नगरपालिकाले खर्च गर्ने सक्ने बजेट ६२ करोड मात्र रहेकाले त्यसैको आधारमा रहेर नीति तथा कार्यक्रम बनाउन र सुझाव दिन प्रप्रअ कोईरालाले आग्रह गर्नु भयो ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले भौतिक पूर्वाधारको बिकासमा मात्र नभएर मानव संसाधनको बिकासमा पनि नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समाबेश गर्न आग्रह गरेका छन । यस्तै कार्यक्रममा सहभागीहरुले पालिकामा रोजगारी तथा उद्यमी सिर्जना गर्ने बिषयलाई संख्या तोकेरै नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन । पालिकाले बनाउने नीति तथा कार्यक्रम परम्परागत र कर्मकाण्डी नबनाई कार्यन्वयन गर्न सकिने बिषयलाई समेट्न सहभागीहरुले सुझाव दिएका छन ।

नगरपालिका ठुलो भुगोल सहित पहाड र तराई क्षेत्र पर्ने भएका कारण सवै स्थानका जनताका आवश्यकतालाई छुन पर्ने र सवैलाई समेटेर नीति तथा कार्यक्रम बनाउन पर्ने भएका कारण बजेटको आकार र पालिकाले बनाउने वार्षिक नीति तथा कार्यक्रम अमिल्दो जस्तो देखिएको भएता पनि बजेटले धान्न सक्ने नीति अवलम्बन गरि नीती तथा कार्यक्रम बनाउने नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।

नगरपालिकाले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकता राखेर अन्य बिषय बस्तुलाई प्राथमिकीकरण गर्दै नीति तथा कार्यक्रम बनाउने र अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राखेका सुझावहरुलाई समेत समेटेर आउदो आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउने नगर प्रमुख बस्नेतले प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यता नगर उप प्रमुख महेश्वरी राईले पालिकाले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई कार्यन्वयन गर्ने सकिने बजेटको आकार हेरी नीति तथा कार्यक्रम बनाउन आग्रह गर्नु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry