त्रियुगाका दुई खेलाडीलाई वर्ष खेलाडी घोषणा गरि सम्मान

Logo
बुधबार, आषाढ ११, २०८२

उदयपुर । त्रियुगा नगरपालिकाले दुई खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाको १५ औं नगर सभाको अवसर पारेर नगरपालिकाका दुई खेलाडीलाई वर्ष खेलाडी घोषणा गरि सम्मान गरेको हो ।

साईक्लिङ, प्याराग्लाईडिङ र र्‍याफ्टिङ जस्ता साहासिक खेल मार्फत नगरपालिकाको पर्यटन क्षेत्र र साहासिक खेलमा योगदान पुर्‍याएको भन्दै साहासिक खेलाडी जितु रोइलालाई वर्ष खेलाडी पुरुष घोषणा गरि नगद १५ हजार सहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोईरालाले बताउनु भयो ।

यस्तै राष्ट्रपति रनिङशिल्ड मार्फत उत्कृष्ट प्रदर्शन गर्दै कोशी प्रदेश स्तरीय प्रतियोगितामा समेत भाग लिएर उत्कृष्ट प्रदर्शन गरेकी भलिवल खेलाडी सुस्कान राईलाई वर्ष खेलाडी महिला घोषणा गरि सम्मान गरिएको छ ।

खेलाडीहरुलाई खेल प्रति प्रोत्साहन गर्न र नगरपालिकाको नामलाई उच्च राख्ने खेलाडीहरुलाई नगरपालिकाले सम्मान गरेको र आउँदा दिनमा पनि हरेक बिधा र क्षेत्रका खेलाडीहरुलाई सम्मान गर्दै लगिने नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।

यस अगाडि नगरपालिकाले त्रियुगा नगरपालिका जन्मिएकी राष्ट्रिय फुटबल टिमका खेलाडी अमिशा कार्की र बडी बिल्डर दिनेश चौधरीलाई सम्मान गरि सकेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry