

उदयपुर । चौदण्डीकी एक बृद्धाले ८१ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन । उदयपुरमा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित चौदण्डीगढी नगरपालिका– ४ बस्ने कालमाया राईले शुक्रबार जिल्ला प्रशासन कार्यालय उदयपुरबाट ८१ वर्षको उमेरमा नागरिकता पाएकी हुन ।
सुरुमा नागरिकता आवश्यकता नपरेर नबनाएको र पछि श्रीमानको पनि मृत्यु पश्चात नागरिकता नबनाई बसेकी कालमायालाई वडाको सिफारिस वमोजिम नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताउनु भयो ।
नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्तासमेत दिन नपाएको अवस्थामा उहाँलाई नागरिकता बनाएर अर्को महिना देखिनै सामाजिक सुरक्षा भत्ता दिने छौ । वडा अध्यक्ष “लुङ्गाराज राइले भन्नु भयो ।
कालमायाका पाँच छोरा र दुई छोरी छन । यस अगाडि नै छोराछोरीको नागरिकता बाबुबाट बने पनि आमाको भने भर्खर बनाएको प्रजीअ लुइँटेलले बताउनु भयो । लुइँटेलले भने, ‘वंशजको नागरिकता दिएका छौँ। आजै राष्ट्रिय परिचयपत्र बनाई यसै साउन महिनाबाट सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराउन मिल्छ।’