उदयपुर । बाँकेबाट सरुवा भएर उदयपुर आएका नयाँ प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले उदयपुरको शान्ति सुरक्षालाई थप बलियो बनाउने गरी काम हुने बताएका छन ।
नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जोशीले विहीबार जिल्लाका पत्रकारहरुसँग कुराकानी गर्दै पछिल्लो समयमा खलबलिएको शान्ति सुरक्षा अझै बजबुद बनाउने बताएका हुन ।
उनले भनेका छन्– ‘म राज्यले जहाँ जहाँ खटाउँछ । त्यही त्यही गएर जनताको सेवा गर्दै आएको छु । अहिले मेरो घर जिल्ला प्रशासन उदयपुर हो र मेरो परिवार उदयपुरका जनता हुन । मैले यहाँ उदयपुरे जनताको लागि काम गर्ने हो ।’ उनले नीति र विधि अनुसार आफुले काम गर्दा इमान्दारलाई भर लाग्ने गरि र बेईमानलाई डर लाग्ने गरि काम गर्ने बताए ।
जोशीले शान्ति सुरक्षा र विपद्सँग जोडिका सूचनाहरु पत्रकारसँग भए आदनप्रदान गर्न माग पनि गरेका छन् । उनले पत्रकारहरुको सुरक्षाको लागि पनि आफु सहयोग गर्न तयार रहेको बताएका थिए । उनले थप्दै भने, ‘जिल्लाको सम्पूर्ण नागरिकको सुरक्षा गर्नु हाम्रो काम हो । हामी तयारी छौँ । हामी एक्सनमा काम गर्ने हो ।’
प्रजिअ जोशीसँग पत्रकारहरुले जेनजी आन्दोलनपछि उदयपुरको शान्ति सुरक्षा कमजोर भएको र जिल्लामा बढीमात्रमा ढुंगा, गिट्टी, बालुवा अनि काठ तस्कारी हुने गरेको जानकारी गराएका थिए ।
