कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले गाईघाटमा रहेको एक अस्पतालको निरिक्षण तथा अवलोकन गर्नु भएको छ । निजि स्तरबाट संचालनमा ल्याएको उदयपुरकै सवै भन्दा ठुलो अस्पताल गाईघाट सिटी अस्पतालको अवलोकन तथा निरिक्षण गर्नु भएको हो ।
करिव एक अर्व लगानीमा अत्याधुनिक मेडिकल उपकरण सहितको आईसियु, भेन्टीलेटर, अपरेसन थिएटर, एनआईसियु जस्ता सुबिधा सहितको उदयपुरमा पहिलो पटक निजि लगानीमा अस्पताल संचालनमा ल्याइएको छ ।
५० बेड क्षेमता भएको अस्पताललाई प्रदेश सरकारले मान्यता दिएर फुल फेजमा संचालनमा ल्याउन पर्नेमा प्रदेश सरकारबाट अनुमती नपाउदा अस्पताल फुलफेजमा संचालन गर्न समस्या परिरहेको बेला स्वास्थ्यमन्त्रीको निरिक्षण पछि व्यवसायी उत्साही बनेका छन ।
अस्पतालको निरिक्षण पश्चात स्वास्थ्य मन्त्री राईले निजि लगानीमा बनेको अस्पतालको खुलेर प्रसंसा गर्नु भएको थियो । अस्पताल व्यवस्थापन उच्च स्तरको रहेको र जडान गरिएका मेडिकल उपकरण हेर्दा पनि उच्च स्तरको रहेको भन्दै सम्पुर्ण कागजात पुर्याएर प्रदेश सरकार समक्ष आउन आग्रह गर्दै निजि क्षेत्रलाई प्रदेश सरकारले निरुत्साहित नपार्ने बिश्वास दिलाउनु भयो ।
हाल १५ बेड संचलान रहेको अस्पतालमा अहिले प्रदेश सरकारबाट मान्यता नपाएका कारण आईसियु, भेन्टीलेटर, अपरेसन थिएटर, एनआईसियु जस्ता संवेदनशील र अति आवश्यकीय कुरा हरु संचालनमा ल्याउन सकिएको छैन ।
