त्रियुगा चौथो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता पुस ११ देखी १४ सम्म

Logo
बुधबार, पुष ०२, २०८२

उदयपुर । उदयपुरमा चौथो त्रियुगा नगर खेलकुद प्रतियोगिता पुस ११ देखी १४ गते सम्म हुने भएको छ ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारा सहित नगर युवा तथा खेलकुद विकास समिति त्रियुगाको आयोजनामा पुरानो गाआई स्थित थारुहट रंगशालाको मैदानमा चौथो त्रियुगा नगर खेलकुद प्रतियोगिता शुरु हुने भएको हो ।

प्रतियोगितामा  भलिबल, कराँते, तेक्वान्दो, कर्वडी एथलेटिक्स लगायतका ५ विधाका खेलहरु खेलाइने त्रियुगा नगर खेलकुद विकास समितिका अध्यक्ष किरन कार्कीले जानकारी दिनु भयो ।

खेलकुद प्रतियोगितामा नगरपालिका भरिका बिद्यालयबाट ३ हजार बढी विद्यार्थीको सहभागीतामा मार्च पास सहित कार्यक्रमको उद्घाटन गरिने नगर प्रमुख बसन्त बस्नेतले जानकारी दिनु भयो ।

खेल मार्फत विद्यार्थीमा आत्मनिर्भर, स्वावलम्बन र अनुशासनको विकास हुने विश्वास सहित प्रतियोगिताको आयोजना गरिएको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry