गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाको १६ औं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभाले आफ्नो कार्य सुचिमा रहेका आधा दर्जन बिधेयक नीति तथा प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । १६ औं नगरसभाको मूल उदेश्य संसोधित पुरक बजेट र १५ औं नगरसभाले पारित गरेका नीति तथा कार्यक्रमलाई कार्यन्वयन र भावी कार्यदिशा बनाउने रहेको त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले बताउनु भयो ।
नगरपालिकाकाको सभा हलमा भएको कार्यक्रममा नगर शिक्षा ऐनलाई संसोधन, योजनाहरुको संशोधित योजना तथा कार्यक्रम सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । नगर प्रमुख बस्नेतका अनुसार १५ औं नगरसभाले चालु आ.व.को लागि प्रस्तुत गरेको कुल बजेट तथा कार्यक्रमहरुलाई आवश्यकताका आधारमा संसोधन गरिएको छ।
नगरपालिकाले चालु आर्थिक वर्षमा ३५ करोड १० लाख ६५ हजार रुपैया खर्च गरेको छ । जसमा पुजिगत तर्फ ९ करोड ३५ लाख ९ हजार र चालुतर्फ २५ करोड ७५ लाख ५५ हजार खर्च भएको नगर प्रमुख बस्नेतले बताउनु भयो ।
नगर प्रमुख बस्नेतका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा आन्तरिक आम्दानी तर्फ ३ करोड ४० लाख ६५ हजार रहेको छ ।
आफु निर्वाचित भएर आए देखी नगर विकासमा अनवरत लागि रहेको बताउदै नगर प्रमुख बस्नेतले विश्वबैंकको लागानीमा बन्दै गरेको सडक अन्तिम चरणमा पुगेको र स्वास्थ्य क्षेत्रमा नगरपालिकाले जिल्ला अस्पताललाई बार्षिक १ करोड बढि आर्थिक र मानवीय सहयोग गर्दै आएको र अझ स्वास्थ्य उपचारमा सहजता ल्याउन देउरीमा नगर अस्पताल संचालन गरि भारतीय सरकारबाट २२ करोड आर्थिक सहायता ल्याएर ठेक्का लागाई सकेको साथै नगर भित्र रहेका सम्पुर्ण वडाहरुको आफ्नै भवनबाट सेवा प्रवाह सुचारु गरिएको बताउनु भयो ।
नगरसभालाई सम्बोधन गर्दै उपप्रमुख महेश्वरी राइले नगरको बिकास र समृद्धिलाई साझा स्वार्थ बनाउनुपर्ने बताउनु भयो । त्रियुगा नगरबासीको सम्मानयुक्त जीवन यापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल सहज छिटो र प्रभावकारी सेवा प्रवाह, नितिगत तथा संस्थागत क्षमता बिकास, स्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण, समन्वय सहकार्य र साझेदारी लगायतका बिषयमा आउदा दिनमा सम्पूर्ण सरोकारवालाहरु सँग छलफल र अन्तरक्रिया गर्दै अगाडी बढ्ने उपप्रमुख राईले जानकारी दिनुभयो ।
