गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाले सामुदायिक तथा संस्थागत बिद्यालयलाई ३ दिन सार्वजनिक बिदा दिएको छ । सदरमुकाम गाईघाट आसपास सितलहर सहित अत्याधिक चिसो बढेका कारण सार्वजनिक बिदा दिइएको हो ।
चिसो र सितलहर बाट बालबच्चालाई जोगाउनका लागि नगर प्रमुख स्तरीय निर्णय गरि ३ दिनलाई सार्वजनिक बिदा दिइएको जनाइएको छ ।
त्रियुगा नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शिव कुमारी राउत द्वारा जारी सूचनामा नगर प्रमुख स्तरीय निर्णय गरि सार्वजनिक बिदा दिएको हो ।
अत्यधिक चिसो तथा सितलहरले बालबच्चामा विभिन्न स्वास्थ्य समस्या देखिने, चिसोले कठ्याङ्ग्रिएर पठनपाठनमा समेत समस्या देखिने भएकोले ३ दिनलाई बिदा दिएको नगर प्रमुख बसन्त बस्नेतले वताउनु भयो ।
