उदयपुर क्षेत्र नं १ को चुनावी सम्भावित परिणाम, यस्तो हुनेछ नतिजा

Logo
खेमराज दाहाल बुधबार, माघ १५, २०८२

उदयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै उदयपुरको राजनीतिक माहौल ह्वात्तै तातिएको छ । चिया पसल देखि साझा चौतारी र सामाजिक सञ्जालमा मत माग्ने देखि समर्थक र कार्यकर्ताहरुको विचार बिश्लेषण हेर्दा लाग्छ यहाँ कसैले हार्दैनन्  । १८ जना उम्मेदवारले उम्मेदवारी दिएको यस क्षेत्रका मतदाता भने अहिले सम्म यसै भन्न नसकिने बताउछन ।

राजनीतिमा कुनै नेता विशेषले लिने एजेन्डाले मात्र जित र हारको मापदण्ड तयार गर्दैन । निर्वाचनमा जित निकाल्न जनताको मनमा पहिले नै बसेको हुन पर्दछ र मात्र तपाइले लिएको एजेन्डालाई आम मतदाताले आत्मसाथ गरेर तपाईको साथमा उभिदिन्छन । तव मात्र चुनावी नतिजा आफ्नो पक्षमा हुन्छ ।

कहिले काहिँ आफुले उठाएको एजेन्डा ठिक हुँदा हुँदै पनि जनताकहाँ पुर्याउन नसक्दा लोकप्रिय हुन नसक्दा पनि पछि परिन्छ तर हाम्रो समाज अहिले एजेन्डा बनाएर आउनेको हैन जनताले बनाएको एजेन्डालाई जस्ताको तस्तै बोक्ने नेता खोजीरहेको समय हो ।

यस लेखमा उदयपुर क्षेत्र नं १ का जनताको एजेन्डा, मतदाताको मनोवृत्ति, शैक्षिक अवस्था, दलगत अवस्था, भुगोल, जातजातिको अवस्थालाई आधार बनाएर  फागुन २१ मा हुने निर्वाचनको परिणामको प्रक्षेपण विश्लेषण गरिएको छ ।

तिन वटा स्थानीय तह समेटेको उदयपुर क्षेत्र नम्बर १ मा नगरपालिका मात्र पर्दछन । सदरमुकाम सहित नगरपालिकाका मात्र मतदाता हुने यस क्षेत्र को अंकगणितको कुरा गर्ने हो भने यहाँ कुल १ लाख ४२ हजार ८०४ मतदाता छन् । जसमध्ये त्रियुगा नगरपालिकामा ६८ हजार २५५ मतदाता छन् । यो सङ्ख्या कुल मतदाताको करिब ४८ प्रतिसत हिस्सा हो ।

चौदण्डिगढी नगरपालिकामा ४० हजार ३४९ मतदाता छन । यो भनेको कुल मतदाताको करिव २९ प्रतिशत हो । यता सवै भन्दा सानो नगरपालिका बेलका नगरपालिकामा ३४ हजार २०० जना मतदाताहरू  छन् । जुन कुल मतदाताको करिव २३ प्रतिशत हो ।

यहाँ अहिले सम्मको राजनीतिक परिदृश्यलाई हेर्दा मुख्य गरि तिन राजनीतिक दलको मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । जसमा पुराना भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीकै उम्मेदवार विच मुख्य प्रतिस्पर्धा हुने र पछि पछि रास्वापा हुने राजनीतिक आकडाले देखाउछ यस्को पुष्टि यहि यसै लेखले गर्ने छ ।

विगतका २ स्थानीय तह निर्वाचनको नतिजा

स्थानीय तहका यस अघिका दुई निर्वाचनलाई नियाल्दा बेलकामा पहिलो पार्टीको रुपमा एमाले दोस्रो कांग्रेस र तेस्रो माओवादी देखिन्छ । स्थानीय तहको निर्वाचन २०७४ र २०७९  हेर्दा बेलका नगर पालिकामा कांग्रेसले पाएको मत ५ हजार बढी मत छ भने एमालेले ५ हजार ५ सय बढी मत पाएको छ । त्यस्तै नेकपा माओवादी हाल नेपाली कम्युनिस्ट पार्टीले ४ हजार बढी मत पाएको थियो ।

यस्तै चौदण्डी नगरपालिकाको दुई निर्वाचनलाई हेर्दा यहाँ पहिलो निर्वाचनमा कांग्रेस पहिलो पार्टी देखिएता पनि दोस्रो निर्वाचनमा आईपुग्दा दोस्रोमा खुम्चिएको छ । यहाँ कांग्रेसले पहिलो निर्वाचनमा करिव ७ हजार मत ल्याएको छ भने एमालेले ६ हजार मत ल्याएका छन । तेस्रो भएको हालको नेपाली कम्युनिस्टले करिव ४ हजार मत ल्याएको छ ।

यता सदरमुकाम समेत रहेको त्रियुगामा कांग्रेस दुवै स्थानीय निर्वाचनमा पहिलो पार्टीको रुपमा देखिएको छ । पहिलो स्थानीय निर्वाचनमा कांग्रेसले ११ हजार बढी ल्याएको छ भने दोस्रो स्थानीय तह निर्वाचनमा १३ हजार बढी मत ल्याएको छ । यस्तै एमालेले पहिलो स्थानीय तह निर्वाचनमा १० हजार बढी मत ल्याएको छ भने दोस्रो स्थानीय तहको निर्वाचनमा ११ हजार बढी मत ल्याएको छ । हालको नेपाली कम्युनिस्टले पहिलो स्थानीय तहको निर्वाचनमा करिव ७ हजार मत ल्याएको थियो भने दोस्रो स्थानीय निर्वाचनमा २ हजार मत थप्दै ९ हजार मत पुराएको छ ।

तिन वटै पालिकाको दुई स्थानीय तहको वडागत निर्वाचन मुल्यांकन गर्दा र तिन वटै पालिकाका प्रमुख उपप्रमुखले ल्याएको मत मुल्यांकन गर्दा कांग्रेसको मत २९ हजार बढी हुने देखिन्छ भने एमालेको २७ हजार बढी र नेपाल कम्युनिस्ट पार्टीको १७ हजार मत रहेको छ । तर यि तिनै स्थानीय तहको निर्वाचनमा अहिलेका रास्वापा र श्रम संस्कृति पार्टी थिएनन । रास्वापाले एमाले र कांग्रेसको मत काट्ने देखिन्छ भने श्रम संस्कृति पार्टीले नेपाली कम्युनिस्ट पार्टीको मत काट्ने देखिन्छ । थप झिनो मत रास्वापाले पनि लाने सम्भावना छ ।

भुगोल र सामुदायीक मत

अहिले मुख्य प्रतिस्पर्धामा रहेका ४ प्रमुख राजनीति पार्टी कांग्रेस, एमाले, नेकपा र रास्वापा बिच हुने प्रतिस्पर्धामा उदयपुर १ मा भुगोल र सामुदायिक मतले पनि निर्वाचन परिणामलाई फरक पार्नेछ । त्रियुगा नगरपालिकाको भुगोलबाट कांग्रेस र नेकपाले उम्मेदवार उठाएका छन भने एमालेले बेलका र रास्वापाले सुनसरी स्थाई बसोबास भएका व्यक्तिलाई उम्मेदवार बनाएको छ । कुल मतदाताको ६८ प्रतिशत मतदाता रहेको त्रियुगाले यहाँका स्थानीय उम्मेदवारलाई बढी साथ दिने छन भने सवै भन्दा कम मतदाता रहेको बेलकाले एमालेलाई साथ दिने सम्भावना छ । यता यस क्षेत्रका मतदाता सँग अपरिचित रास्वापाका उम्मेदवारलाई अहिलेको रास्वापाको जनलहरको मात्र साथ रहने छ ।

झण्डै फुटको डिलमा पुगेको कांग्रेसले उदयपुरमा भने जिवन दान पाएको छ । कांग्रेसबाट उम्मेदवार बनेका बिदुर बस्नेतलाई अहिले कांग्रेसबाट अन्तरघात हुने डर छैन । त्यसैले दुई स्थानीय तहको निर्वाचन भन्दा बढि मत उनले पाउने अनुमान गर्न सकिन्छ तर रास्वपाले काट्ने मतलाई भने सुरक्षीत गर्न पर्ने चुनौती रहने छ ।

त्रियुगा नगरपालिकाको दुई स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरेका नेकपाका बलदेव चौधरी अहिले प्रतिनिधि सभाको उम्मेदवार बनेका छन । यस अगाडिका स्थानीय तहमा पाएको मतमा उनले थप आफ्नो समुदायको मत थप्ने कोसिस गर्ने छन तर मुख्य प्रतिस्पर्धी कांग्रेस र एमालेले समानुपातिक तर्फ उनकै समुदायका व्यक्तिलाई उम्मेदवार बनाएको हुँदा सामुदायिक मत थप्न उनलाई चुनौती हुने देखिन्छ । बेलका र चौदण्डीबाट उनलाई आउने मत श्रम संस्कृति पार्टी र अन्य स-साना पार्टीले काट्ने देखिन्छ ।

एमालेका उम्मेदवार स्वस्तिक थापालाई आफ्नो भुगोलबाट साथ भए पनि चौदण्डी र त्रियुगाको मत सम्हाल्न चुनौतीपूर्ण हुने छ । जेन्जी आन्दोलनमा नेकपा एमाले परित्याग गरेको घोषणा गरेका उनलाई पार्टी पंक्तिले संकास्पद रुपमा हेरेको अनुभव गर्न सकिन्छ । पार्टी र संगठन अप्ठ्यारोमा परेको बेला साथ दिनुको सट्टा पार्टी परित्याग गर्नु उनको लागि ठुलो भुल हुने कुरा यो निर्वाचनको परिणामले देखाउने संका छ । यस अगाडि एमालेले ल्याएको मत पनि रास्वपाले लैजाने हुँदा उनलाई निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न ठुलो चुनौती हुने छ ।

यता रास्वपाले यस क्षेत्रका मतदाता सँग अपरिचित अनुहार सुनसरी स्थाई बसोबास भएका पारसमणि गेलाललाई आफ्नो उम्मेदवार बनाएको छ । यस अगाडिको निर्वाचनमा रास्वपाले ३ हजार ४ सय ४४ मत पाएको थियो । त्यस बेला रास्वपाले जिल्ला भर संगठन बिस्तार गर्न सकेको थिएन यद्यपि समानुपातिक तर्क भने रास्वपाले ७ हजार ३ सय ३५ मत पाएको थियो । यसरी हेर्दा रास्वपाले यस पटक प्रत्यक्ष तर्फ पनि मत बढाउने देखिन्छ तर त्यो प्रयाप्त हुने देखिन्दैन ।

सम्भावित चुनावी परिणाम

कांग्रेसले यस अगाडि पनि यो निर्वाचन क्षेत्रमा बिजयी हुँदै आएको भएका कारण यस पटक पनि भुगोल, स्थानीय तहमा आएको निर्वाचन परिणामलाई हेर्दा पहिलो हुने देखिन्छ । त्रियुगामा बिदुर बस्नेतले अग्रता लिने सम्भावना बलियो छ ।

यता आफ्नो समुदायको मत, संगठनको मत र भुगोल मिलाएर बलदेव पनि त्रियुगामा अग्रता लिन चाहान्छन । त्रियुगामा चौधरी समुदायको मत करिव १० हजार छ, जसमा ६ हजार मत खस्नेछ । यो हुदा बलदेवले ४ हजार मत प्राप्त गर्नेछन त्यो हुँदा पनि उनलाई त्रियुगामा अग्रता लिन प्रयाप्त हुने छैन ।

त्यस्तै एमालेले स्थानीय तहमा पाएको मत हिसाव गर्दा पहिले नै कमजोर रहेका स्वस्तिक थापा त्रियुगामा रास्वपाले मत काट्दा थप कमजोर हुने छन भने उनलाई भुगोलले पनि साथ दिने छैन, त्यो हुँदा उनलाई यो निर्वाचनमा आफ्नो पक्षमा परिणाम निकाल्न सकस हुने देखिन्छ । थप  एमालेले थापालाई टिकट दिएपछि बिद्रोही उम्मेदवारको रुपमा बागी उठेका छन्, ५३ वर्षे देवराज रोका । त्रियुगा नगरपालिका घर भएका रोकाको शैक्षिक योग्यता राम्रो भएका कारण त्रियुगाबाट थापालाई आउने मत रोकाले काट्ने अनुमान गर्न सकिन्छ ।

सामाजिक संजालमा लेखिएका पोष्ट, कमेन्टस, लाइक र रियाक्ट हेर्दा यस क्षेत्रका मतदाताले अहिलेनै यसलाई मत दिने भनेर पूर्ण रुपमा मन बनाई सकेको नभेटीयता पनि उनीहरुको मनोवृत्ति भने यस क्षेत्रमा कांग्रेस, एमाले र नेकपा नै अगाडी देखिने बुझ्न सकिन्छ । त्यसैले त्रियुगामा जसले अग्रता लिन्छ, उसैले चुनाव जित्ने सम्भावना उच्च देखिन्छ । यन्य पार्टीको निर्वाचनमा प्रतिस्पर्धा नहुने देखिएका कारण यहाँ धेरै बिश्लेषण गरिएको छैन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry