बुवा अम्वेवर बस्नेत र आमा पुन्य कुमारी बस्नेतको ९ संतान मध्य एक बिदुर बस्नेत सानै उमेर देखि शान्त नम्र हुनु हुन्थ्यो । बुवा अम्वेवर नेपाली राजनीतिका शिखर पुरुष विपी कोईराला संग समकालीन राजनीति गरेको र तत्कालीन समयमा पहिलो जननिर्वाचित प्रतिनिधि भएको हुँदा परिवारमा सधै राजनैतिक भेटघाट गफ हुने गर्दथे । २०१२ सालमा जन्मिएनु भएका बिदुरबाबु २०१५ सालमा बुवा अम्वेवर जनप्रतिनिधि हुँदा ३ वर्षको हुनुहुन्थ्यो । त्यो सानो बाल मस्तिस्कमा नेपाली कांग्रेस र कांग्रेसको राष्ट्रियता, लोकतन्त्र समाजवाद उहाँको दिमागमा बसेको थियो । स्नाकोत्तर सम्मको पढाई गर्नु भएका बिदुर बाबुले बिद्यार्थी जीवन कालबाट नै सक्रिय राजनीति सुरु गर्नु भएको थियो । महेन्द्र मोरङ पढ्दा २०२७ सालमा पहिलो पटक नेपाल बिद्यार्थी संघको सदस्यता लिएर राजनितिक यात्रा सुरु गर्नु भएको बिदुर बाबुले २०३७ सालको जनमत संग्रहलाई मजाले नियाल् भयो । राजा महेन्द्रले शासन सत्ता हातमा लिए पछि खुल्ला राजनीति बन्देज लगाइएको थियो। सो समयमा बुवा सहित विपी कोइरालाहरु भारतमा निर्वासन जीवन बिताईरहेको बेला बिदुरबाबुले नेपालमा बसेर राजनीतिगर्ने कांग्रेसीहरुलाई बिपीलाई भेटाउने उहाँका संदेशहरु यता ल्याउने जस्ता समन्वयकारी भूमिका निर्वाह गर्नु भएको थियो ।
नेपालमा पत्रपत्रिका बन्देज लगाएको तत्कालिन समयमा भारतबाट प्रकाशित हुने नेपाली पत्रिका नेपाल लिएर आउने क्रममा बिदुरबाबु पक्राउ समेत पर्नु भएको थियो । २०४६ सालको जनआन्दोलनमा नेतृत्वदायी सहभागिताले सफलता पाए पछि २०४६ साल चैत्र २६ गते राजा महेन्द्रले नेपालमा बहुदलीय व्यवस्थासंगै शासन जनताका प्रतिनिधिले गर्ने घोषणा गरे। त्यस पछि २०४८ सालमा झापामा भएको नेपाली कांग्रेसको आठौ महाधिवेशन देखि नेपाली कांग्रेसको निरन्तर हाल सम्म महाधिबेशन प्रतिनिधि र २०५७ सालमा भएको १० औ महाधिबेशनबाट नेपाली कांग्रेस उदयपुरको सभापति भएर संगठन बिस्तार गर्नु भयो। कम्युनिष्ठहरुको गढ भनेर चिनिने यस क्षेत्रमा बिदुर बाबु सभापति भएर नेतृत्व सम्हाले पछि एकै पटक पनि हार बेहोर्न परेको छैन । करिव १५ वर्ष उदयपुर कांग्रेसको नेतृत्व गरे पनि कहिले लाभको पदमा पुग्नु भएन तथापी उहाँले संगठनलाइ सधै उर्जावान बनाएर पार्टीका प्रतिनिधिलाई जिताउन अहम भूमिका निर्वाह गर्नु भयो।
नेपालमा गणतन्त्र स्थापना गर्ने क्रममा सम्पुर्ण पार्टीहरुलाई एकताबद्ध गरि समन्वयकारी भुमिका निर्वाह गरेर उदयपुरको अभिभावकत्व निर्वाहगरी शान्तिपूर्ण आन्दोलनको नेतृत्व वहन गरेर मुलुकमा लोकतन्त्र स्थापना गर्ने कार्यमा आफुलाई अव्वल साबित गर्नु भयो । नेपाल रेडक्रस जस्तो पवित्र संस्थामा काम गरेर जनताका हरेक पिर मर्कामा आफै पुगेर मल्हम पट्टि गर्ने काममा सरिक हुनु भयो ।
त्रियुगा नगरपालिका क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति दनुवार समुदाय र चौधरी समुदायका बालबालिकालाई पठनपाठनमा सहभागी गराउन अम्वेबर माध्यमिक बिद्यालय स्थापना गरि सोही बिद्यालयमा पठनपाठन गर्ने अति विपन्न विद्यार्थीलाई पठनपाठन सहजता ल्याउन छात्रवृत्ति कोषको स्थापना गरि शिक्षाको ज्योतिलाई तल्लो तह सम्म पुर्याउन ठुलो भुमिका खेल्नु भएको छ ।
बुहुजातिय,बहुभाषिक र बहु धार्मिक मानिसहरुको बसोवास भएको भित्री मधेस क्षेत्रमा पर्ने उदयपुर जिल्लामा बसोवास गर्ने मुख्य जातजातिहरु मध्य थारु, दनुवार, राई, तामङ्ग, मगर, क्षेत्री-ब्राह्मण र दलित समुदायहरुको प्रतिनिधित्व सुनिश्चित गर्न राज्य पुनर्संरचना हुँदाका बखत सबै पार्टीहरुसँग समन्वयकारी भुमिका खेल्नु भएका बस्नेतका कारण संविधानको कार्यान्वयनमा संघिय लोकतान्त्रिक गणतन्त्र, समावेशी-समानुपातिक प्रणालिमा सबैको अपनत्व कायम गर्न सदैव अभिभावकिय भुमिकामा रहनु भयो ।
