खेमराज दाहाल, उदयपुर । विशेष महाधिवेशन बाट नेतृत्व सहित मति बदलेर आएको घोषणा गरेको कांग्रेसले आफुलाई कांग्रेस २.० भन्ने गरेको छ । स्पष्ट दृष्टिकोण सहित मति बदलेर आएको कांग्रेसले मतिका कारण बिग्रेकोको मतलाई आफु तर्फ पार्न कोसिस गरिरहेको छ ।
उदयपुरको क्षेत्र नं १ का कांग्रेस उम्मेदवार मत माग्न घर दैलो गर्ने क्रममा चौदण्डी नगरपालिका १० का ७७ वर्षिय चन्द्र बहादुर खड्काले यस पटक कांग्रेसलाई मत हाल्ने मन बनाएको बताए । उनले यस अगाडिको प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई मत दिएका थिए तर यस पटक कांग्रेसले मति सुधारेर आएका कारण कांग्रेसलाई मत दिने सोच बनाएका रहेछन र कांग्रेस उम्मेदवार बस्नेतलाई उनले बताए ।
यस्तै चौदण्डीकै मकर बहादुर बुझेलले पनि एस पटक रुखमा मत जाहेर गर्ने बताए । रुखमा मत हाल्दै आएका भुजेललाई यस पटक परिवारका सदस्यले घण्टीमा मत हाल्न भनेका थिए तर कांग्रेसले मति सुधार गरेर आए पछि उनि सहित उनका परिवार सहितले रुखमा मत हाल्ने मन बनाएको सुनाए ।
सदरमुकाम स्थित त्रियुगा नगरपालिका वडा नं १२ का २७ वर्षीय किसन बिश्वकर्माले अहिलेसम्म माओवादीको हसिया हतौडामा मत हाल्दै आएका थिए । माओवादी पार्टी नै नरहेको र उसको बिचारमा पनि स्खलन आएको भन्दै उन्ले बदलिएर आएको कांग्रेसको झण्डा उचालेर कांग्रेसको रुखमा मत हाल्ने मन बनाएका छन ।
कहिले हसिया हतौडा त कहिले कलम चिन्हमा मत हाल्न लगाएर कांग्रेसले मति बिगारेको देखेर दिक्क भएका मतदाता अहिले नेतृत्व सहित मति बदलेको कांग्रेसलाई मत हाल्ने मन बनाएका छन । बेलका नगरपालिकाका ३२ वर्षिय सुशिल थापा मति बदलिएर आएको कांग्रेसलाई कांग्रेस २.० भर्जन भन्न रुचाउछन । कांग्रेसमा मत हाल्दै आएका थापा कांग्रेस छाडेर स्वतन्त्र भएर बस्ने उद्घोष गरेर बसेका थिए । तर बिषेश महाधिवेशन पछि मति बदलेर देश बदल्ने संकल्प सहित आएको कांग्रेसले अब मतदाता र शुभचिन्तक बटुल्न समस्या नहुने बिश्वास सहित पुनः पार्टीमा बसेर काम गर्ने मन बनाएर चुनावमा होमीएका छन ।
यो पंतिकार यो लेख तयार पार्दा सम्म करिव ५ सय बढि रुखमा मत दिदै आएका तर यस पटक परिवर्तनको पक्षमा उभिने निर्णय गरेका मतदाता सम्म पुगेको छ । विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तन सँगै “बदलियो कांग्रेस बदल्छौ देश” को संकल्प लिएर हिडेको कांग्रेसलाई परिवर्तनको पक्षमा उभिएर मत परिवर्तन गर्ने निर्णय गरेका मतदाता समेतले परिवर्तन वा मति बदलेर आएको कांग्रेसलाई मत दिए परिवर्तनको पक्षमा हुने विश्वास गर्दै मत हाल्ने भएका छन ।
