तुलसी स्मृति ग्रन्थको लोकार्पण

Logo
मंगलबार, फाल्गुण १९, २०८२

गाइघाट । सताब्दी पुरुष तुलसी प्रसाद रेग्मीको पहिलो स्मृति दिवसको अवसर पारेर तुलसी स्मृति ग्रन्थ लोकार्पण गरिएको छ ।

नेपाल सरकारको संवैधानिक निकाय लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले ग्रन्थको लोकार्पण गरेका हुन ।

बहुमुखि प्रतिभाका धनि सताब्दी पुरुष रेग्मीको १९८२ साउन १५ गते जन्म भएर २०८१ फागुन २७ गते निधन भएको थियो ।

राजनीति, पत्रकारीता र साहित्य मार्फत पञ्चायतकालमा समाजलाई परिवर्तन गर्न ठुलो योगदान पुर्याउनु भएको थियो । उहाँकै सम्झनामा ९० जना सर्जकहरुले तुलसि स्मृति ग्रन्थमा आफ्ना सम्झनाहरु लेखेका छन ।

नेपाल सरकारका मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी देखी पूर्व प्रशासक र राजनीतिज्ञ हरुले ग्रन्थमा उहाँलाई सम्झिएका छन । ५ सय १८ पृष्ठ रहेको उक्त ग्रन्थमा विभिन्न भाग गरि उहाको जिवनी, उहाँको सम्झनामा लेखिएका स्मरणहरु, तस्वीर,  उहाँले लेखेका मुख्य समाचार र केही उहाँले लेखेका साहित्यहरुलाई समेटिएको छ ।

त्रियुगा  र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख सल्लाहकारको रुपमा रहदा निधन हुनुभएका रेग्मी नेपाल सरकारले शिक्षा पुरस्कार २०५२, प्रजातन्त्र सेनानी २०७२ सहित धेरै पटक सम्मानित हुनु भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry