खेमराज दाहाल ,उदयपुर। देशव्यापी मतदाताहरूको समर्थन पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले उदयपुरका २ वटै निर्वाचन क्षेत्रमा विजय हाँसिल गरेको छ। जम्मा २ लाख ३८ हजार ९ सय २६ जना मतदाता रहेको उदयपुरको अन्तिम मतपरिणाम आउदा रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तर २ वटै निर्वाचन क्षेत्रमा विजय हाँसिल गरेको हो।
यस अघि कांग्रेसले जित्दै आएको उदयपुर क्षेत्र नं १ मा रास्वपाका उम्मेदवारले २० हजार बढी मतान्तर सहित बिजयी भएका हुन् । रास्वपाका उम्मेदवार पारश मणि गेलालले ३० हजार ५ सय ९० मत सहित बिजयी हुँदा पुरानादलहरु प्रतिस्पर्धामा समेत आउन सकेनन। यहाँ निकटतम प्रतिद्वान्दी श्रम संस्कृति पार्टीले ११ हजार ६ सय ६ मात पाएको छ।
यस्तै गरि उदयपुर क्षेत्र नं २ मा रास्वपाका उम्मेदवारले ७ हजार बढी मतान्तर सहित बिजयी हुदा पहिले आफुले जितेको स्थान हार व्यहोरेको एमालेले ७ हजार ६ सय ४८ मत प्राप्त गरेको छ। यहाँ रास्वपाका सुर्य बहादुर तामाङ्गले १४ हजार ८ सय २ मत ल्याएर बिजयी भएका हुन् ।