अविरल बर्षाका कारण विपी राजमार्ग अवरुद्ध

Logo
शनिबार, चैत्र ०७, २०८२

बुद्ध नेपाली, सिन्धुली, ७ चैत । अविरल परेको बर्षा पछि रोशी खोलामा आएको बाढीले विपी राजमार्ग अबरुद्ध भएको छ । आज विहान साढे तीन बजेको समयमा रोशी खोलामा आएको बाढीले विपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको रोशी गाउँपालिका ११ कालढुंगा र दाउन्नेमा क्षति पुगेपछि सडक अवरुद्ध भएको हो ।

विपी राजमार्ग अवरुद्ध भए पछि सिन्धुलीमाढी स्थित प्रहरी चेकपोष्टमा दर्जनौ गाडी र सुनकोशी गाउँपालिकाको दुम्जा प्रहरी चौकी चेकपोष्टमा दुई दर्जन बढी सवारी साधनहरु होल्ड गरी राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सडकको अवरुद्ध खुलाउने कार्य सुरु भए संचालनमा आउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुर्य प्रकास सुवेदीले जानकारी दिनुभयो । विपी राजमार्ग सिन्धुली सहित पुर्वी नेपालका जिल्लाहरुलाई देशको राजधानीसँग जोड्ने छोटो दुरीको सडक हो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry