बोप्ताङ डाँडामा प्याराग्लाईडिङका पारखी, प्रथम कोशी प्रदेश स्तरीय प्याराग्लाईडिङ सम्पन्न

Logo
शुक्रबार, चैत्र २७, २०८२

साहसिक खेलको रुपमा चिनिने प्याराग्लाइडिङ्ग उडानका लागि पूर्वी नेपालकै उत्कृष्ट र भाइरल स्थलको रुपमा परिचित उदयपुरको वेलका नगरपालिका वडा ८ बोप्ताङमा ‘कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ्ग प्रतियोगिता २०८२ सम्पन्न भएको छ। नेपाल प्याराग्लाइडिङ्ग तथा ह्याङ्गग्लाइडिङ्ग संघ जिल्ला समिति उदयपुरको आयोजना र कोशी प्रदेश पर्यटन कार्यालय धरानको आर्थिक सहायतामा चैत २६ र २७ गते दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिता सम्पन्न भएको हो ।

प्याराग्लाइडिङका सौखिन बिदेशी ४ सहित ३५ जनाले प्रतियोगिताभर बोप्ताङ्गबाट २८०  वटा उडान भरेर कोशी टप्पु आरक्ष लगायत सप्तकोशीको मनोरम दृश्यहरु अवलोकन गर्दै किनाराको लाहुरे खोचमा खेलको नियम अनुसार अवतरण गरेका थिए । प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिता विशेष हवाई खेलकुद हो । यसको मुख्य उद्देश्य पाइलटहरूले हावामा उडेर जमिनमा तोकिएको निश्चित बिन्दुमा कति सटिक रूपमा अवतरण गर्न सक्छन भन्ने प्रतिस्पर्धा गराउनु हो ।

यसमा एक पाइलटले तोकिएको स्थानबाट ८  पटक सम्म उडान भर्नुपर्ने र जमिनमा तोकिएको निश्चित बिन्दुमा सटिक रूपमा अवतरण गर्नुपर्नेमा ३५ प्रतिस्पर्धी मध्ये प्रथम नेपालका एक र एक भारतीय प्रतिस्पर्धीले समान ४४ अंक सहित प्रथम भएका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry