लागु औषध सहित उदयपुरका छुट्टाछुट्टै स्थानबाट तीन जना पक्राउ

Logo
सोमबार, आषाढ २२, २०८३

प्रहरीले बिहिवार छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । सप्तरीबाट  दमौटी तर्फ आउदै गरेको स्कुटर चेकजाँचको क्रममा त्रियुगा नगरपालिका ५ खोरिया खोलामा  त्रिनपा १० बोक्सेका २४ बर्षिय दिलिप खड्कालाई  दिउसो ४ बजे पक्राउ गरिएको हो।

प्रहरीले उनको साथबाट ओपिडोल २४५ ट्याब्लेट र स्पास्मो २४५ गरि ४९० थान लागूऔषध बरामद गरिएको जनाएको छ ।  सोही दिन साझ ४:४५ बजेको समयमा कटारीदेखि दुई युवा लागूऔषध सहित पक्राउ परेका छन् । राजाबासदेखि कटारी तर्फ आउदै गरेको अबस्थामा प्रहरीले मोटरसाइकल चालक २४ बर्षिय श्याम सहनी  र पछाडि बस्ने २९ बर्षिय रबिन खड्कालाई  मोटरसाइकल चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको  हो ।

प्रहरीले उनिहरुको साथबाट ट्यापेन्टाडोल ३ सय पिस र नगद ३४ हजार समेत बरामद गरेको छ । पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत उदयपुर मार्फत म्याद थप गरि अनुसन्धानकोलागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry