नेपाली कांग्रेसको भात्री संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य खेम राउत नेपाली कांग्रेस उदयपुर क्षेत्र नं २ प्रदेश सभा (क) को सभापति सर्व सम्मत निर्वाचित भएका छन ।
नेविसंघको राजनीतिमा सक्रिय रहेका राउत पार्टी राजनीतिमा सक्रिय हुन साथ सभापतिमा निर्वाचित भएका हुन ।
नेपाली कांग्रेस १५ औं नियमित अधिवेशन पक्षधर देउवा समुह तर्फको क्षेत्र नं २ (क) को सभापति भएका हुन । पार्टी सभापतिमा निर्विरोध निर्वाचित भए पश्चात राउतले पार्टी दुई भागमा विभाजन भएको अवस्थामा आफु सभापति भएको बताउदै पार्टीलाई मिलाएर लैजाने र युवाहरुको सहभागीतालाई प्राथमिकतामा राखेर जाने बताए ।
यस अगाडि वडा र पालिका अधिवेशन सकिएको र अब जिल्ला अधिवेशनलाई सफल बनाउन लाग्ने बताए ।