उदयपुर । त्रियुगा नगरपालिका वडा नं. ११ ले ज्येष्ठ नागरिक सम्मान अन्तर्गत वडाका ८३ वर्ष माथीका ज्येष्ठ नागरिकलाई न्यानो कपडाले सम्मान गरेको छ ।
पुरुष ज्येष्ठ नागरिकहरुलाई नेपाली पहिरन ढाका टोपी सहित कुर्ता सुरुवाल र महिला ज्येष्ठ नागरिकलाई ढाकाको गाउन र न्यानो वर्को वितरण गरिएको हो ।
वडा अध्यक्ष सुमन्त कोईरालाले ज्येष्ठ नागरिकका घर घर पुगेर सम्मान गरेका हुन । वडा भरिका ८३ वर्ष माथीका ६८ ज्येष्ठ नागरिकलाई न्यानो सहित नेपाली पहिरन भएको कपडा वितरण गरिएको वडा अध्यक्ष कोईरालाले बताउनु भयो ।