पाँच सर्त : शरीरमा प्रतिरक्षा क्षमता विकास गर्ने

Logo
बुधबार, चैत्र १२, २०७६

मानौ कुनै सरुवा रोग फैलियो, जसरी अहिले कोरोना भाइरस फैलिएको छ । त्यस्ता रोग एक व्यक्तिबाट अर्कोमा सर्छ । तर, उक्त रोगको भाइरसले एकै ठाउँम भएका व्यक्तिमध्ये कसैलाई चाडै असर गर्छ, कसैलाई गर्दैन । किन ?

भाइरसले मान्छे छानेर असर गर्ने पक्कै होइन । भाइरसले सबैलाई आक्रमण गरेकै हुन्छ । तर, कसैलाई उक्त आक्रमणले असर गर्छ । कसैलाई केही गर्दैन । यसको कारण के हो भने जसको शरीरमा रोगसँग लड्ने क्षमता छ, उनीहरुलाई रोगले जित्न सक्दैन । अर्थात उनीहरुको शरीरले रोगसँग जुधेर भित्र प्रवेश गर्नै दिदैन ।

जबकी रोगसँग लड्ने क्षमता कमजोर छ भने सामन्य रुघा खोकीले पनि दुःख दिनसक्छ । त्यसो भए शरीरमा रोगसँग लड्ने क्षमता कसरी विकास गर्ने ? शरीरलाई रोग प्रतिरोधात्मक कसरी बनाउने ? यसका लागि अरु केही गर्नुपर्दैन, सामान्य पाँच सर्त पालना गरे पुग्छ ।

पहिलो सर्त

हामीले जे खाइरहेका छौं, जसरी खाइरहेका छौं, जति खाइरहेका छौं, जुन समयमा खाइरहेका छौं, त्यसलाई सन्तुलित, व्यवस्थित बनाउनुपर्छ ।

हामीले खानेकुरा नै ति सम्पूर्ण स्रोत हो, जसले शरीरलाई पोषण दिन्छ । जब शरीरमा आवश्यक पोषक तत्व पुग्छ, तब शरीर निरोगी हुन्छ । तर, त्यही खाना हो जसले शरीरलाई रोगको घर पनि बनाउन सक्छ । त्यसैले यस्तो खानेकुरा खानुपर्छ, जो ताजा होस् । सुपाच्य होस् । सन्तुलित होस् ।

जस्तो हामीले खाने दालभात पनि आफैमा पोषणले भरिपूर्ण हुन्छ । तर, यसमा मौसमी दाल, ताजा तरकारी, अचार, सलाद आदि मिसाइएको हुनुपर्छ । खानेकुरा थोरै–थोरै तर दिनमा तीन वा चार पटकसम्म खानु राम्रो मानिन्छ । बिहानको खाना भरपेट खाएपछि त्यसपछि क्रमस खानेकुराको मात्रा घटाउँदै लानुपर्छ । खानेकुुरालाई आरमसाथ चपाएर खानुपर्छ । यी खानेकुरा सम्बन्धी आधारभूत कुरा हामीलाई थाहा हुनुपर्छ ।

दोस्रो सर्त

सक्रिय जीवनशैली आवश्यक हुन्छ । यसको अर्थ हामी दिनभर बस्ने, ऐस आरम गर्ने होइन । केही न केही शारीरिक काम गर्नुपर्छ । शरीरलाई जति चलयमान बनाइन्छ, पाचन यन्त्रदेखि शरीरका अंगहरु उति नै चुस्त हुन्छ । रक्तप्रवाह राम्ररी हुन्छ, फोक्सोमा ताजा हावा पुग्छ ।

त्यसैले हिँड्ने, कुद्ने, काम गर्ने गरौं । घरायसी कामकाज गर्ने, बगैंचाको काम गर्ने, खेतीबाली गर्ने गरौं । यदि कार्यलयमा वा आफ्नो कार्यथलोमा दिनभर बस्नुपर्ने अवस्था छ भने पनि बेला बेला हिँड्ने, शरीरलाई तन्काउने जस्ता अभ्यास उपयोगी हुन्छ ।

तेस्रो सर्त

व्यायाम र योग अभ्यासले शरीरलाई तन्दुरुस्त राख्छ । व्यायामका लागि विहानको समय सबैभन्दा बढी उपयोगी हुन्छ । त्यसो त राती सुत्नुअघि पनि हल्का व्यायाम गर्न सकिन्छ । बिहान दौडने, व्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने जस्ता विधी नियमित गर्नुपर्छ । त्यसबाहेक कपलभाती, प्राणायाम जस्ता विधीले शरीरको रोगसँग लड्ने क्षमता बढाइदिन्छ ।

चौथो सर्त

शारीरिक सरसफाई अनिवार्य सर्त हो । नियमित नुहाउने, हात–खुट्टा धुने, सफा लुगाफाटो प्रयोग गर्नुपर्छ । यसको अर्थ यो होइन कि, धुलो, माटो, हिलो, पानीको सम्पर्कमा जानुहुँदैन । सुकिलो मुकिलो बन्ने चक्करमा हिलो माटोबाट अलग हुनुपर्छ भन्ने होइन । माटोमा काम गर्ने, खेल्ने, रुख बिरुवा, फूल आदिको सम्पर्कमा रहँदा पनि हाम्रो शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ ।

पाँचौं सर्त

शारीरिक रुपमा सबै व्यवस्था मिलाइसकेपछि आवश्यक हुन्छ, मानसिक स्वास्थ्य । आफुलाई सधै स्वस्थ छु, तन्दुरुस्त छु, जवान छु भन्ने सकारात्मक सोंचले पनि हामीमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्छ । मन र शरीर एक आपसमा जोडिएका हुन्छन् । मनलाई जति बलियो र सकारात्मक बनाइन्छ, शरीरमा त्यसको प्रभाव पर्छ । मनमा हिनता बोध, नकारात्मक भय आदि लिइयो भने शरीर कमजोर हुन्छ । त्यसैले सकारात्मक चिन्तन, उमंगित र खुसी मन पनि शरीरको प्रतिरक्षा क्षमता विकास गर्नमा आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।