२०७४ साल असार १४ गते र २०७७ असार १४ गतेको रातपछिनको दिन एकै भएपनि र घामको उदयपछिको माहोल भने फरक । संबिधानले स्थानीय, प्रदेश, र संघ गरि तिन तहका सरकारको परिकल्पना गरेको थियो। अधिकार सम्पन्न स्थानीय तह त्यो पनि २० औ वर्ष पछि हुन् लागेको निर्वाचनले जनतामा आफ्ना प्रतिनिधि चुन्ने तिव्र चाहना, प्रतिनिधिहरु कसरि जनतालाई प्रभावित बनाएर मत आफ्नो नाममा पार्न सकिन्छ भनेर चिन्तित थिए ।
३ बर्ष अगाडी लोकान्तान्त्रिक अधिकार प्रयोग गरि जनताले आफ्नो मत प्रयोग गरि आफ्ना जनप्रतिनिधि चुन्ने समय आई सकेको थियो। आफ्ना हरेक आबस्यकता, अधिकार सुनिश्चित गर्न अधिकार सम्पन्न स्थानीयतहलाई आफु अनुकुल बनाउन गाउ नगरका राजनितिक कार्यकर्ता बुद्धिजिवीहरु बिहानै देखि लागि गरेका परेका थिए।
जनताहरुले आफ्नो २० औ बर्ष देखि रहेको आफ्नो सरकार चुन्ने अधिकार प्रयोग गरे। असार १४ सकियो आमजनताको दैनिकी उस्तै तर उनिहरुले मत दिएर पठाएका प्रतिनिधिको दैनिकीमा भने जामिन आकाशको फरक थियो। जिल्लाका ४ नगर मध्य जेठो र जिल्लाको मुकार समेत रहेको त्रियुगा नगरपालिकामा तत्कालिन एमाले बाट बलदेव चौधरी, तत्कालिन माओबादि बाट किरण राई र कांग्रेस बाट बसन्त बस्नेतले एक मेयर पदको लागि प्रतिस्पर्धा गरेका थिय।
तत्कालिन एमालेबाट प्रतिनिधि बनेका चौधरीले १०० भोट भन्दा कम मतान्तरले कांग्रेसका बस्नेतलाई हाराउदै निर्वाचन परिणाम आफ्नो पक्षमा पारे। सिट एक प्रतिस्पर्धा धेरै एकको हार र एकको जित सुनिस्चित थियो। निर्वाचन परिणामलाई स्वीकार्दै बस्नेत सहित कांग्रेसले मेयर बलदेव चौधरीलाई साथ दिएर नगरको बिकासमा लागी पर्ने बतायो।
२०७४ असार १४ को मत परिणाम मार्फत बलदेव चौधरी त्रियुगा नगरका नगरापिताका रुपमा आए। उनलाई मतदान गर्ने हुन् या नगर्ने जनता नगर प्रमुख चौधरीका लागि बराबर हुन, हुन पर्थ्यो र पर्छ पनि। त्यो उनले गरे गरेनन यसको मुल्यांकन गर्ने जिम्मा संविधानले नै जनतालाई अधिकार दिएको छ।
आफ्नो ५ बर्षे कार्यकालमा मेयर चौधरीले समग्रमा त्रियुगा नगरलाई क्लिन सिटीको रुपमा बिकास गर्ने बाचा गरेका थिए। नगर भित्रका सबै सडकको स्तरउन्नती गर्दै कालोपत्रे सडक निर्माण गर्ने बाचा गरेका थिए। हरित सहरको बिकास गर्न सडकका दुवै तर्फ बृक्षा रोपण गरि उचित स्थानमा पार्क निर्माण गर्ने आस्वासन नगरबासीलाई दिएका थिए। हरित शहर र ब्रिक्ष रोपण ब्यबस्थित सहरीकरणलाई ३ बर्षे कार्यकालमा नगरले आधार हुदै गरेको र उच्च मध्यनजर गरेको बताएको छ।
आफ्नो ३ बर्षे कार्यकालमा नगरका प्रमुख बजार क्षेत्रहरुमा सिसिटिभी क्यामेरा जडान गरी चौबिसै घण्टा सुरक्षा निगरानी राख्नेकुरामा नगर सफल देखिएको छ। सुकुम्वासी समस्यालाई स्थानीय आयोग गठनगरी समस्या समाधानकालागि प्राथमिताका साथ पहल गर्ने भनिए पनि त्यसको कुनै काम भएको छैन। पहाडी सहर हिल स्टेशन को रुपमा खाँबु, साउने र स्थानीय तह अन्तर्गत जोगीदह, जाल्पाचिलाउने जस्ता स्थानमा सहरी विकासका योजनाहरु तर्जुमा गर्ने भनेर भनिए पनि कागजमै सिमित छन्। सहरको शौन्दर्यताका लागि ग्रीन सिटीको अवधारणा अन्तर्गत अध्ययन र संभावनाका आधारमा वाल उद्यान, वनभोज स्थल, स्वीमिङ पुल, ताल तलैयामा बोटिङको व्यवस्था गर्ने भनिए पनि जनतालाई दिएका आस्वासनमै सिमित भएका छन्।
भूमिहीन, बिपन्न दलित र सुकुम्बासीहरूको पहिचानगरी सबैै वडाक्षेत्रमा जनता आवास लगायतका कार्यक्रम बनाउने, पाँच वर्षमा कम्तीमा एक हजार एककृत घर निर्माण गर्ने भनिएकोमा ३ बर्षमा कुनै काम भएको छैन।
प्रत्येक वडामा गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहँुच सुनिश्चित गर्नको लागि पुर्वाधार युक्त स्वास्थ्य चौकीको स्थापना÷निर्माण भनिए २४ सै घण्टा प्रसुति सेवा भनिए पनि त्यस्तो ब्याबस्था छैन। अतिविपन्न नागरिकको स्वास्थ्य उपचारमा सुनिश्चितताका लागि परिवार स्वास्थ्य बिमा गर्न प्रोत्साहित गर्ने भनिए पनि नगरले कुनै पहलकदमी गरेको छैन । त्रियुगा नगरपालिकामा नीति, विधि र प्रविधि भित्र्याउने, प्रत्येक विद्यालयलाई सिकाई थलो वनाउने, हरेक विद्यालयको आवश्यकता अनुसार शिक्षक दरवन्दी मिलान र थप गरिने भनिए पनि जग र पूर्वाधार तयार हुदै गरेको बताइएको छ । युवा, खेलकुद तथा रोजगारीमा स्थानीय तहमा रोजगारीको पर्याप्त अवस्था सृजना नहुन्जेल वैदेशिक रोजगारीमा जान चाहानेहरुका लागि मापदण्ड बनाइ समूहगत आधारमा ५ सय जनालाई निःशुल्क निर्ब्याजी ऋण प्रवाह गर्ने भनिए पनि त्यस तर्फ नगर आकर्षित देखिएको छैन।
नगरपालिकाले ३ आर्थिक बर्षमा २ अर्व ८८ करोड ८५ लाख ७३ हजार बराबरको बजेट ल्याएको थियो। आउदो आर्थिक बर्ष २०७७/७८का लागि नगरले १ अर्ब २ करोड ७ लाख ९६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ।
के के गरे ३ बर्षमा ?
नगरका प्रमुख बजार क्षेत्रहरुमा सिसिटिभी क्यामेरा जडान
७४.८० km सडक स्तर ऊनति
४.९६ km सडक कालोपत्रे
१६.७५ km नाला निर्माण
४४.३५ km सडक मर्मत
७.४६ km खोला तट बाँध निर्माण
७४.२५ km नयाँ सडक ट्रयाक
१७ सौचालय निर्माण
नगर प्रोफायल तयार
नगर यातायात गुरुयोजना तयार
नगर गौरवका योजना पहिचान
रौता केवलकार, बरुवा चेकड्याम र हुवास भ्यु टावरको गुरु योजना अध्ययन
(माथिका कतिपय योजनाहरु संसदीय बिकासकोष, सडक बिभाग, प्रदेश र सम्बन्धित निकाएबाट भएका छन।)
नगरपालिकाले ३ बर्षे आफ्नो प्रगति बिबरणमा कृषक लक्षित कार्यक्रम अन्तर्गत ५०% अनुदानमा ५० कृषक समुहलाई हाते ट्याक्टर र ५ कृषक समुहलाई धान काट्ने मेसिन र १५ समुहलाई थ्रेसर बितरण गरेको देखाएको छ।
के के गर्न सकेनन ?
क्लिन र हरित शहर कल्पना गरे बमोजिम भएको छैन।
सुकुम्बासी समस्याको समाधानमा कुनै काम भएको छैन।
सुलभ स्वास्थ्य शिक्षा भनिए पनि कुनै प्रगति भएको छैन।
सडक स्तरउन्नतीको नाममा भएका कालो पत्रे सडकलाई पनि भत्काएर अलपत्र