काठमाडौं : उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपीकृष्ण न्यौपाने नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको हो।
उदयपुर सिमेन्टका तत्कालिन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेले नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै उक्त पद खाली थियो। निमित्तको भरमा सञ्चालन हुँदै आएको उदयपुर सिमेन्टले २ वर्षपछी नेतृत्व पाएको हो।
०७१ सालमा महाप्रन्धकको रुपमा आएका पौडेलले धरासायी बनेको उद्योगलाई एकाध वर्षमै नाफामा लैजान सफल भएका थिए। घाटामा डुबेर निजीकरण गर्ने अबस्थामा पुगेको उद्योगलाई उनको कार्य कौशलताकै कारण उद्योगले इतिहासमै सर्वाधिक उत्पादन गर्न सफल भएर नाफामा गएको थियो।
उद्योगलाई नाफामा लगेर नेपाल आएल निगममा महाप्रबन्धकको रुपमा पौडेल गए पछि उद्योग नेतृत्व बिहिन बनेर निमित्तको भरमा चल्दा फेरी धरासायी बनेको छ। लोडसेडिंगको मारमा पनि उद्योगलाई नाफामा लागेका पौडेलले छाडेर गएपछि अधोगतिमा लागेको उद्योग अहिले अर्बौको घाटामा छ।
सुरेन्द्र पौडेल आयल निगम गएपछि उदयपुर सिमेन्ट उद्योगमा निमित्त महाप्रबन्धको रुपमा नवलकिशोर साहले नेतृत्व सम्हालेका थिए। ब्याबस्थापकिय रुपमा कमजोर देखिएका साहले उद्योगलाई धरासायी मात्र बनाएनन नाफामा गएको उद्योगलाई ४ अर्व भन्दा माथिको घाटामा पुर्याएर डुबाएका छन्।
उदयपुर सिमेन्ट उद्योगबाट आहिले गैडा छाप सिमेन्ट उत्पादन भइरहेको छ। त्यस्तै त्यहाँको क्लिंकर पनि बिक्री हुँदै आएको छ। यसरी सिमेन्ट उत्पादन मात्र नभएर किलिङ्कर सहित बिक्रि गर्न सक्ने क्षमता भएको उद्योगलाई कसरी धरासायी बनाइयो भन्ने प्रश्नको उत्तर अहिलेका निमित्त प्रबन्ध निर्देशक निरोत्तर छन्।
कार्यभार सम्हाली सकेको नभए पनि हालै नियुक्त भएका उद्योगका प्रबन्धनिर्देशक न्यौपाने भने उदयपुर र हैटौडा मर्जर गरि आधुनिक किसिमका फ्याक्ट्री बनाएर नयाँ ढंगले बजारमा जान सकिने योजना रहेको बताउदै आएका छन् ।
यता सरकारले पनि उदयपुर र हेटौडा सिमेन्ट मर्जर गर्ने पनि सरकारले योजना बनाएको छ। सञ्चालन खर्च घटाउन दुईवटा सरकारी सिमेन्ट उद्योग मर्ज गर्ने सरकारले योजना बनाएको हो। एउटै सञ्चालन र व्यवस्थापनबाट दुईवटा युनिटबाट सिमेन्ट उत्पादन गर्ने सरकारको योजना छ। सोहि योजना बमोजिम गर्न सके उद्योग सोचे भन्दा बढी फाइदामा जाने उनको भनाई छ।
सरकारले रुग्ण उद्योग व्यवस्थापन अध्ययन गर्न एक समिति बनाएको थियो। उक्त समितिले उद्योगको लगत, कर्मचारीको विवरण र खर्च दायित्व, आर्थिक, व्यवस्थापकीय लगायत रुग्ण उद्योगको प्रारम्भीक प्रतिवेदनमा उदयपुर सिमेन्ट उद्योगले ४० प्रतिशत मात्रै सञ्चालन क्षमता उपयोग गर्न सकेको र नाफा निकाल्न ७० प्रतिशत सञ्चालन क्षमता हुनु पर्ने उल्लेख गरेको छ।